जहाँ जनताले बाटो न बनेर दु: ख पाएका छन् त्यहाँ अ नशन बस्छु : अध्यक्ष दाहाल

काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयमै बाटो बनेन भने आफू साँच्चै अनशन बस्ने बताएका छन। बिहीबार सुदुरपश्चिम प्रदेशको धनगढी पुगेका अध्यक्ष दाहालले पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘जहाँ पनि अनशनमा बस्छु भनेको छैन । दुई ठाउँमा भनेको छु । जहाँ जनताले बर्षौंदेखि सामान्य बाटो पनि नबनेर दु:ख पाएका छन् त्यहाँ साँच्चै अनशनमा बस्छु ।’

सामान्य बाटो पनि नबनेर वर्षौदेखि जनताले दुःख पाइरहने अवस्था रहेको भन्दै उनले प्रदेश नम्बर २ को पिपरामा बाटो बनेन भने साँच्चै अनशन बस्ने बताएका हुन। ‘जहाँ जानुभयो त्यहीँ आन्दोलनमा बस्छु, अनशनमा बस्छु भन्नुहुन्छ, का’रबाही गर्ने कि अनशनमा बस्ने?’ भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘जहाँ पनि अनशनमा बस्छु भनेको छैन। दुई ठाउँमा भनेको छु।

जहाँ जनताले बर्षौंदेखि सामान्य बाटो पनि नबनेर दु:ख पाएका छन् त्यहाँ साँच्चै अनशनमा बस्छु।’ उनले पिपरामा बाटो नबने अनशनमा बस्ने बताएका हुन्।‘जहाँ मैले अनशन बस्छु भनेपछि हाम्रो पार्टीले चुनाव पनि जित्यो। जनतालाई भरोसा पनि भएको छ’ उनले भने, ‘म साँच्चै बस्छु पनि फेरि। त्यो बाटो समयममा बनेन भने। त्यस्तो ठाउँमा गएर भनेको हो, जहाँ पनि अनशन बस्छु भन्ने कुरा होइन। भन्ने भए यहीँ पनि भन्थे नि!’

1 Comment

5 Trackbacks / Pingbacks

  1. plaquenil cheapest
  2. zithromax 250 mg pill
  3. best online pharmacies in canada
  4. natural drugs for ed
  5. clomid 50mg

Leave a Reply

Your email address will not be published.