धनुषा : थप सं,क्रमित पुष्टि भएकामध्ये २ प्रहरी, १ दिल्लीबाट आएका युवक

घनश्याम मिश्र

धनुषा, १२ जेठ । धनुषा जिल्लामा थप ३ जनालाई कोरोना सं,क्रमण पुष्टि भएको छ । जिल्लाको नगराइन नगरपालिका वडा नं ३ का ३ जनामा कोरोना पो जिटिभ देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

सं,क्रमित ३ जनामध्ये २ जना प्रहरी हुन् भने १ जना भारतको दिल्लीबाट आएका युवक हुन् । ईलाका प्रहरी कार्यालय फुलगाममा कार्यरत रहेका १ जना प्रहरी सहायक निरीक्षक (असई) र १ जना प्रहरी कर्मचारीमा सं,क्रमण देखिएकाे धनुषा प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले  बताउनुभयो ।

प्राप्त जानकारीअनुसार ती प्रहरीहरू क्वारेन्टाइनमा नै ड्युटी गरेर प्रहरी चौकीमा फर्किने गरेका थिए । सं,क्रमित युवक भने दिल्लीस्थित कागजको कारखानामा काम गर्थे । हाल क्वारेन्टाइन केही दिनदेखि सी ल गरिएको छ । यससँगै धनुषामा सं,क्रमितको संख्या ११ पुगेको छ ।-न्यूज२४

3 Comments

Leave a Reply

Your email address will not be published.