
काठमाडौं, ११ जेठ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमाको विषयमा पटकपटक वार्ताका लागि पहल गरेपनि भारत अनिच्छुक रहँदै आएको बताउनुभएको छ ।
आइतबार बसेको संघीय संसद अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा उहाँले सीमा नाका नसुल्झिएका बिषयमा छलफल गर्न नेपाल सरकारले आह्वान गरेको वार्ता यसअघि पनि भारतले लत्याएको बताउनुभएको हो ।
सुगौलीसन्धी बिपरित भारतीय सरकारले नेपालको भूमि आफ्नो क्षेत्रमा राखेर यसअघि नक्सा जारी गरेको बताउनुभयो । उहाले भारतीय सु रक्षाकर्मीलाई बस्न मात्र दिएको यसअघि नै खुलेको भन्दै त्यसकै आधारमा नेपालको भूमिलाइ भारतले कब्जा गर्न नमिल्ने तर्क गर्नुभयो । उहाले कालापानी नेपालको क्षेत्रमा भारतले सडक बनाएपछि नेपाल सरकार गम्भीर भएर नक्सा सार्वजनिक गरिएको बताउनुभयो ।
त्यस्तै मन्त्री ज्ञवालीले स्वदेश फर्किन चाहनेलाई प्राथमिकताका आधारमा फर्काउने तयारी सरकारले गरिरहेको बताउनुभयो । त्यस्तै उहाँले भ्रमण भिषामा गएका, स्वास्थ्य अवस्था ग म्भीर भएको र कम्पनीमा भिषा सकिएकालाई पहिलो प्राथमिकतामा राखिएको जानकारी पनि गराउनुभएको थियो ।