वर्षा राउतको चि,न्ताः भारतीय साथीहरु कसरी फेस गर्नु ?

नेपाल र भारतबीच उत्पन्न सीमा वि,वादका सन्दर्भमा दिएको एक अभिव्यक्तिले नायिका वर्षा राउत विवादमा मु,छिएकी छन् । उनको एउटा भिडियो क्लीप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भिडियो क्लीपमा वर्षा भन्छिन्, ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झ,गडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झ,गडा पारिरहेका छन् ।’

त्यसपछि वर्षा थप्छिन्, ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’

वर्षा अहिलेसम्म खासै वि,वादमा नमुछिएकी नायिका हुन् । तर, यो उनको अभिव्यक्ति भने आ,लोचित बनेको छ । वर्षाका भारतीय साथी उनीसित रि साउलान् भनेर नेपाली पत्रकारले सीमाको मु द्दा नउठाउने कुरा त हुँदैन होला । फेरि एउटा सेलिब्रिटी हुनुको नाताले आफ्ना इन्डियन साथीलार्ई पनि यो विषय बुझाउने दायित्व उनको हो ।

उनले नेपाली र भारतीय पत्रकारले झ गडा पारिरहेको भनेर दुवैलाई एउटै डालोमा हालिदिएकी छन् । जबकि नेपाली सञ्चारमाध्यमले तर्कमा उभिएर प्रश्न गरिरहेका छन् भने भारतीय सञ्चारमाध्यले गा लीगलौज मात्रै गरिरहेका छन् ।

उनले मनिषा कोइरालाबाट सिक्नुपर्ने हो,जसले भारतमा आफ्नो ठूलो फ्यान फलोअर्स हुँदा पनि नेपालको पक्षमा आवाज उठाउन डराइनन् ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.