आज दिने भनिएको सार्वजनिक बिदा भोलि दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं, ११ जेठ । सरकारले आज ११ गते आइतबार दिने भनेको सार्वजनिक बिदा भोलि १२ गते सोमबार कायम गर्ने निर्णय गरेको छ । शुक्रवारको मन्त्रिपरिषद्को निर्णयअनुसार मुस्लिम समुदायको पर्व इद उल फित्रको अवसरमा आइतबार बिदा दिने निर्णय गरेको थियाे ।

नेपाल र दक्षिण एसियाभरबाट शनिवार चन्द्रमा नदेखिएकोले उक्त पर्व १२ गते मनाउने निर्णय भएको भन्दै मुस्लिम आयोगको अनुरोध अनुसार आइतबारको सट्टा सोमबार बिदा कायम गरिएको गृह मन्त्रालयले जनाएको छ ।

9 Comments

Leave a Reply

Your email address will not be published.