कपिलवस्तुमा थप तीन जनामा कोरोना सं,क्रमणको पुष्टि, सं,क्रमितको संख्या कपिलवस्तुमा ८० पुग्यो

मनोज श्रीवास्तव,

कपिलवस्तु, १० जेठ । कपिलवस्तुमा शनिवार साँझ थप ३ जनामा कोरोना पुष्टि भएको छ ।

यससंगै कपिलवस्तुमा कोरोना सं,क्रमितको संख्या ८० पुगेको छ । प्रदेश जनस्वा,स्थय प्रयोगशाला भैरहवाले गरको पीसीआर परीक्षणमा मायादेबी गाउँपालिकाका ३ पुरुषमा संक्रमण पाइएको हो ।

मायादेबीमा ३ जना थपिएसंगै जिल्लामा सबै भन्दा बढी १४ जना उक्त गाउँ पालिकामा सं,क्रमित देखिएका छन । यद्धपि अहिले भटिएका सं,क्रमितको स्वा स्थय तथा जनसंख्या मन्त्रालयले औपचारिक पुष्टि गर्न बाँकी छ ।

शनिवार भेटिएका मायादेबी गाउँपालिका– ३ खैराटीका ३५ र ३७ बर्ष पुरुष तथा वडा नम्बर ७ का ५२ बर्षीय पुरुष भएको जिल्ला स्वा स्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थय कार्यालयका प्रमुख योगेन्द्र भगतले मायादेबी ३ जना सं,क्रमित पुष्टि भएको कार्यालयलाई जानकारी आईसकेको बताउनुभयो ।

साथै, प्रादेशिक कोरोना अ स्पताल बुटवलको धागो कारखानाबाट १० जना सं क्रमित सञ्चो भएसंगै फर्कने तयारीमा रहेको कपिलवस्तु जन स्वा स्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.