सर्वोच्चको पहिलो महिला न्यायाधीश सुशीला सिंहको नि धन

१० जेठ, काठमाडौं । सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को नि धन भएको छ । मेडिसिटी अ स्पतालमा उप चारको क्रममा ८१ वर्षको उमेरमा शुक्रबार उनको नि धन भएको हो ।

उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सुशीला सिंहलाई निर्भिक, इमान्दार र निष्ठावान न्यायाधीशको रुपमा आफूले चिनेको बताए । ‘उहाँलाई म सानै छँदादेखि चिन्थें । मैले पहिले न्यायिक समितिमा पनि काम गरेकाले उहाँसँग चिनजान थियो,’ नेपाल बारका अध्यक्ष श्रेष्ठले भने, ‘उहाँ निष्ठावान हुनुहुन्थ्यो । महिलाहरुको कानुनी सहायता परियोजनामा पनि उहाँको उल्लेखनीय योगदान रह्यो ।’

उनको घर काठमाडौंको पकनाजोल हो । उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन् । श्रेष्ठ पनि अस्ववस्थ छन् । उनीहरुका एक छोरा जर्मनीको एक सरकारी अ स्पतालमा डा क्टर छन् ।

उनी सकेसम्म आजै साँझ काठमाडौं आउने र सुशीलाको सिंहको अ न्त्येष्टि गर्ने तयारी छ ।-अनलाइन खबरबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.