कपिलवस्तुमा कोरोनाबाट २ पत्रकारसहित ६९ जना सं,क्रमित, शुक्रबार थपिए ९ जना

मनोज श्रीवास्तव

कपिलवस्तु, ९ जेठ । कपिलवस्तुमा कोरोना भा,इरस सं,क्रमितको संख्या ६९ पुगेको छ । शुक्रबार भाइरसका ९ जना सं,क्रमित थपिएसँगै कुल सं,क्रमित ६९ पुगेका हुन् ।

शुक्रबार थपिएकामा कपिलवस्तु बाडगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी २४ देखि ५३ वर्षीय पुरुषहरु र ८ वर्षीया बा,लिका गरी ९ जना रहेका हुन् ।

बाडगंगाका वडा ७ का बर्ष ५३ वर्षका पुरुष, वडा ५ का २७ वर्षका पुरुष, वडा १० का २५ वर्षका पुरुष, वडा ८ का २४ वर्षका पुरुष र वडा ४ की वर्ष ८ की बा,लिका गरी पाँच जना छन् ।

त्यस्तै कपिलवस्तु नगरपालिका वडा नं ३ बर्ष २९ का पुरुष १ जना हुन् । त्यस्तै मायादेवी गाउँपालिका वडा ४ का ४५ वर्षीय पुरुष, वडा ५ का ३४ र ३६ वर्षका पुरुष हुन् ।

सं,क्रमित दुई जना पत्रकार पनि रहेका छन् । दुई पत्रकार २४ र २९ वर्षीय हुन् । उनीहरु सबैको स्वा,स्थ्य अवस्था सामान्य रहेको र स्वा,स्थकर्मीको सम्पर्कमा नै रहेको बताइएको छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.