सर्लाहीमा थप १५ जनामा काेराेना सं,क्रमण पुष्टि

घनश्याम मिश्र
सर्लाही, ०९ जेठ । लिल्लामा थप १५ जनामा कोरोना भा,इरस (कोडिभ–१९) पुष्टि भएको छ । जिल्लाको गोडैता नगरपालिकामा १४ जना र रामनगर गाउँपालिकामा १ जना गरी सर्लाहीमा आज १५ जनामा कोरोना सं,क्रमण पुष्टि भएको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो । गोडैतामा सं,क्रमित मध्ये एक जना महिला पनि रहेको उहाँले बताउनुभयो ।

सं,क्रमितहरु केही दिनअघि भारतबाट आएको र उनीहरुलाई क्वारेन्टाइनमै राखिएको प्रजिअ जिसीले जानकारी दिनुभयो । गोडैतामा कोरोना सं,क्रमण पुष्टि भएका अधिकांश व्यक्ति वडा नम्बर ११ सिसौटियाको रहेको उहाँले बताउनुभयो ।

योसँगै सर्लाहीमा कोरोना सं,क्रमितको संख्या २० पुगेको छ । यसअघि सर्लाहीमा पाँच जनामा सं,क्रमण पुष्टि भएको थियो ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.