प,रीक्षणको दायरा बढाएसँगै सं,क्रमितहरूको संख्यामा वृद्धि : मुख्यमन्त्री राई

तारा आचार्य

विराटनगर, ९ वैशाख । प्रदेश- १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भा,इरस प,रीक्षणको दायरा बढाएसँगै प्रदेशमा सं,क्रमितहरूको संख्य बढ्न थालेको बताउनुभएको छ ।

मन्त्री राईले प्रदेश- १ मा थप २ वटा पिसिआर मेसिनसहित परीक्षण ल्या,ब सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो । उहाँले प्रदेश- १ सरकार कोरोना भा,इरसको रो,कथाम, नि,यन्त्रणका लागि खटिरहेको र नागरिकको सुर,क्षाका लागि सरकारको तर्फबाट कुनै क,मी हुन नदिने धारणा राख्नुभएको थियो ।

उहाँले सबै प्रदेशवासीलाई सु,रक्षित रहन आग्रह गर्नुभएको छ । अत्यावश्यक कामबाहेक कोही पनि बाहिर न निस्कन र निस्कनै परेमा सामाजिक दुरी कायम गर्नुका साथै मास्क र ल्गाेब्सको प्रयोग गर्न आग्रह गर्नु भएको छ ।

लकडाउन भएको दुई महिना पुग्न लाग्दासम्म प्रदेशबासीहरुले धैर्यताका साथ यसकाे पालना गरेको भन्दै उहाँले खुसी समेत व्यक्त गर्नुभएको छ । मन्त्री राईले कोरोना रो,कथाम नि,यन्त्रणमा अग्रभागमा खटिने चि कित्सक एवं स्वा,स्थ्यकर्मी, सुर,क्षाकर्मी, स्वयंसेवकको भूमिकाका कारण प्रदेशमा कोरोनाको नि,यन्त्रण र उ,पचार सम्भव भएको भन्दै सबैले धैर्य र संयमताका साथ काम गर्न आग्रह गर्नुभयो । आत्मबल दह्रो बनाए कोरोनालाई प,राजित गर्न सकिने उहाँकाे धारणा थियो ।

मुख्यमन्त्री राइले भिडियो सन्देशमार्फत प्रदेशमा पिसिआर प्रविधिबाट ४ हजार र आडीटीबाट १० हजार बढीको परीक्षण भइसकेको जानकारी दिनुभयो । उहाँले केही दिनदेखि दैनिक एक हजारको संख्यामा पिसिआर परीक्षण गर्ने तयारी भइरहेको जानकारी समेत दिनुभएको छ । साथै कोरोनाबाट ब च्न सकिने उपाय लकडाउन र सामाजिक दुरी नै भएकाले सम्पुर्ण प्रदेशबासीलाई सु रक्षित भएर घरमै बस्न आग्रह गर्नुभएको छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.