कोरोनाको खो,प पर्खिनु उचित होइन, यो छिटै आउँदैन : अमेरिकी वैज्ञानिक

काठमाडौं । एचआईभी भा,इरसको विषयमा अ,नुसन्धान गरेका अमेरिकाका चर्चित वैज्ञानिक विलियम हेसलटाइनले अहिले कोरोना भा,इरस (कोभिड–१९) को खोपको प्रतीक्षा गर्नु उचित नहुने बताएका छन् । उनले आफूलाई यो खोप छिटै बजार आउला भन्ने विश्वास नरहेको बताएका छन् ।

उनले कोरोना भा,इरसको म,हामारी रोक्नका लागि खोपको प्रतीक्षा गर्नुभन्दा पनि बि रामीको राम्रो उपचार, उनीहरुको पहिचान र सं,क्रमण फैलिएको स्थानलाई आइसोलेसनमा राख्नुपर्ने बताए । अमेरिकी सरकारलाई सुझाव दिँदै उनले केही नेताले खोप आउने आशामा लकडाउन खुकुलो पार्ने निर्णय गर्नु सही रणनीति नभएको बताए ।

यसअघि निस्किएका अन्य प्रकारका कोरोना भा,इरसको लागि बनाइएका खोपले पनि मानिसको नाकलाई सं,क्रमण हुनबाट बचाउन सकेका थिएनन् । नाकबाट नै यी भा,इरस शरीरमा प्रवेश गर्ने सम्भावना बढी हुने गरेको मानिँदै आएको छ ।

हेसलटाइनका अनुसार विना कुनै उपचार र खोप विना पनि कोरोना भा,इरसलाई नि,यन्त्रणमा लिन सकिन्छ । त्यसका लागि कोरोना भा,इरसका सं,क्रमितको सही पहिचान जरुरी हुन्छ । साथै सं,क्रमितलाई आइसोलेसनमा राख्नु सबैभन्दा प्रभावकारी उपाय हो । बाँकी मानिसहरुले बारम्बार हात धुने, मास्क लगाउने, सफाइमा ध्यान दिने जस्तो बानी बसाल्नुपर्ने उनको सुझाव छ ।

हेसलटाइनका अनुसार चीन र अन्य एसियाली मुलुकमा यो वैकल्पिक रणनीतिलाई निकै प्रभावकारी रुपमा लागू गरिएको थियो । तर, अमेरिकामा भने यस्तो देखिएन । हेसलटाइनका अनुसार चीन, दक्षिण कोरिया र ताइवानमा वैकल्पिक रणनीति प्रभावकारी भएको र अमेरिका, रुस र ब्राजिलले भने यो रणनीति राम्रोसँग पालना गर्न नसक्दा म,हामारीको यो अवस्थामा आउनुपरेको बताए ।

स्रोत : बीबीसी

1 Comment

1 Trackback / Pingback

  1. hydroxychloroquine chloroquine

Leave a Reply

Your email address will not be published.