भारतीय प्रोफेसर भन्छन्,- नेपाल कश्मिर होइन, नेपालकाे नयाँ नक्साकाे विरोध गर्नुकाे अर्थ छैन

काठमाडौं, ८ जेठ । स्विडेनमा कार्यरत भारतीय नागरिक अशोक स्वैनले नेपालले जारी गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई भारतले विरोध गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।

स्विडेनको उप्साला विश्व विद्यालयमा शान्ति र द्वन्द्व अनुसन्धान विषयका प्राध्यापकको रुपमा कार्यरत अशोकले सामाजिक सञ्जाल ट्वीटरमार्फत एकाउन्टबाट ट्वीट गर्दै नेपालकाे नयाँ नक्साकाे भारतले विराेध गर्नुकाे अर्थ नरहेकाे बताएका हुन् ।

उनले भारत र नेपालबीच ‘नक्सा युद्ध’ भएका पनि बताएका छन् । ‘भारतले नेपालको नयाँ नक्सा अस्विकार गर्यो । भारतले यसलाई स्विकार गर्छ भन्ने कसैलाई लागेको पनि थिएन । यद्यपि, यो ‘नक्सा युद्ध’ कसले सुरु गरेको हो ? किन भारतले नोभेम्बर २०१९ मा एकतर्फि रुपमा नयाँ राजनीतिक नक्सा ल्याउनु परेको थियो ? यो शक्तिले उन्माद मोदीद्वारा कश्मिरको नक्सा पुनः तयार गर्नका लागि थियो । तर, नेपाल कश्मिर होइन,’ उनले लेखेका छन् ।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरू आक्रोशित हुँदै नेपालविरूद्ध प्रचारबाजी गरिरहेका छन् ।

6 Comments

13 Trackbacks / Pingbacks

  1. canada cialis online
  2. hydroxychloroquine 200 mg tab
  3. plaquenil over the counter
  4. cialis 800 black canada
  5. viagra for womens where to buy
  6. can you buy zithromax over the counter in mexico
  7. ivermectin brand
  8. canadian cialis
  9. legitimate canadian pharmaceuticals online
  10. ed medications
  11. hydroxychloroquine sulfate tablets
  12. plaquenil 500 mg
  13. price of clomid

Leave a Reply

Your email address will not be published.