टेकु अ,स्पतालबाट ४ जना कोरोना सं,क्रमित निको भएर फर्किए

८ जेठ, काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा स,रुवा रो,ग अ,स्पतालमा उपचार गराइरहेका चार जना कोरोना भा,इरस सं,क्रमित बिहीबार डिस्चार्ज भएका छन् ।

पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डि,स्चार्ज भएका हुन् । डि,स्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेका छन् ।

अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीका अनुसार डिस्चार्ज हुने दुई जना पुरुष र दुई जना महिला छन् ।

टेकु अस्पतालमा गत ३१ वैशाखमा भक्तपुरका एक पुरुष र एक महिला, काठमाडौंका एक महिला भर्ना भएका थिए । त्यस दिन भर्ना भएका सं,क्रमित पुरुष स,शस्त्र प्र,हरी हुन् ।

महिला एक जना आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन् । अर्को एक महिला चन्द्रागिरी निवासी हुन् । थप एक जनाको भने विस्तृत विवरण आइसकेको छैन ।

अस्पतालमा थप एक जना सं,क्रमित उ,पचारको क्रममा रहेको उनले जानकारी दिए । यो चार जनासंगै कोरोना भा,इरसको सं,क्रमणको उपचारपछि डि,स्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.