सिं,हदरबारले कि ट दिएन, कपिलवस्तुका स्थानीय तहले आफैं किने

८ जेठ, काठमाडौं । कपिलवस्तुका स्थानीय तहले आफैं कोरोनाको पीसीआर जाँच्ने भीटीएम किट खरिद गरेका छन् । उनीहरुले क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलनसमेत आफैं सुरु गरेका छन् ।

संघीय र प्रदेश सरकारसँग क्वारेन्टाइनमा भएकाहरुको कोरोना जाँचका लागि पटक-पटक माग गर्दासमेत किट अभाव देखाएर पन्छिएपछि कपिलवस्तुका स्थानीय तहले आफैं किट खरिद गरेका हुन् ।

जिल्लाका विभन्न १८८ क्वारेन्टाइनमा बसेका ७ हजार ५ सय ४७ जनाको परीक्षणका लागि ढिलो हुने भएपछि स्थानीय तह आफै‌ं तात्तिएका हुन् ।

कपिलवस्तुका कपिलवस्तु नगरपालिका र शिवराज नगरपालिकाले एक/एक हजार थान भीटीएम किट किनिसकेका छन् । कार्यपालिका बैठकबाट बजेट छुट्याएर डब्लुएचओले प्रमाणित गरेको किट खरिद गरिएको नगरपालिकाहरुले जानकारी दिए ।

महराजगञ्ज नगरपालिकाले १ हजार २ सय थान, बुद्धभूमि नगरपालिकाले एक हजार थान, कृष्णनगर नगरपालिकाले २ हजार थान र यशोधरा गाउँपालिकाले १ हजार २ सय थान किट किन्ने प्रकृया अघि बढाएका छ ।

जिल्लाका अन्य पालिकाले समेत किट किन्ने तयारी अघि बढाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

समयमै जाँच नगरिए क्वारेन्टाइनमै संक्रमण फैलने डरले यहाँका स्थानीय तहहरु आफंै किट खरिद गर्न तात्तिएका हुन् ।

शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले भ्याट सहित ३९० रुपैयाँ पर्ने भीटीएम किट खरिद गरी सयजनाको स्वाबसमेत संकलन गरिएको बताए । जाँचका लागि काठमाण्डौ पठाइएको र विहीबार बेलुकासम्म २ सयको स्वाब संकलन गरिने उनले जानकारी दिए । ‘भारतबाट ल्याएर क्वारेन्टाइनमा राखेको २० दिन बढी भइसक्यो, कति दिन राख्ने ? संघ र प्रदेशले किट छैन भन्छ,’ नगरप्रमुख अधिकारीले भने, ‘ क्वारेन्टाइनभित्रै कोरोना फैलने ड र भयो, त्यसैले आफैं कस्सियौं ।’

कपिलवस्तु नगरपालिकाले पनि १०५ जनाको स्वाब आफ्नै खरिद गरिएको किटबाट जाँच अघि बढाइसकेको छ । महराजगञ्ज नगरपालिकामा जिल्लाको सबैभन्दा बढी १ हजार ६३० जना क्वारेन्टाइनमा छन् ।

‘भारतबाट र्फकेका ब्यक्तिलाई क्वारेन्टाइनमा जसोतसो राखेका छौं तर, उनीहरुको स्बाव सयममै संकलन नहुँदा कोराना फैलने डर भएको छ’ उनले भने ‘ स्वाब संकलनका लागि किट अ भाव भएपछि आफै किन्न तम्सिएका हौं ।

किट अभाव हुँदा क्वारेन्टाइनमा बसेका ८० प्रतिशतभन्दा बढीको परीक्षण हुन सकेको छैन । बुधबारसम्म यहाँ ६० संक्रमित भेटिएका छन् । जिल्लामा बुधबार साँझसम्म १ हजार ५ सय बढीको स्वाब संकलन भएको स्वा,स्थ्य कार्यालयले जनाएको छ ।

अधिकारकर्मी भन्छन्- जनताको जीवनमाथि खे लवाड भयो

केन्द्र र प्रदेश सरकारले कपिलवस्तुका क्वारेन्टाइनमा रहेका ७ हजार ५ सय जनाको जीवनसँग खेलवाड गरेको मा नवअधिकारकर्मीहरुको आरोप छ ।

मधेस मा नवअधिकार गृहका अध्यक्ष रवि ठाकुरले संघ र प्रदेशले क्वारेन्टाइन बसेकाहरुको समयमै जाँच नगर्दा भित्रैबाट कोरोना फैलन सक्ने बताए । ‘दैनिक ५० वटा किट आउँछ, त्यतिले कसको जाँच गर्ने ?’ उनले भने ।

स्थानीय तहमा स्रोत अभाव भएपछि क्वारेन्टाइन व्यवस्थापनमा समस्या सिर्जना भएको छ । ७ दिन क्वारेन्टाइन राखेर जाँच पछि घर पठाउनुपर्नेहरुलाई २० दिनसम्म राख्दा व्ययभार बढेको छ ।

‘दैनिक खानपानको व्यवस्थापन गर्नै सकस छ, अझ त्यसमाथि किट छैन भनेर जाँच गरिँदैन, विपन्नलाई पनि राहत बाँड्न अर्को समस्या छ’ कृष्णनगरका मेयर रजत प्रताप शाहले भने ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.