भारतले भन्यो, ‘नेपालले जारी गरेको नयाँ नक्सा अ,मान्य’

काठमाडौं, ७ बैशाख । नेपालले जारी गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई भारतले नमान्ने बताएको छ ।

नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा आफूलाई अमान्य भएको समेत भारतले बताएको छ ।

नेपालको आफ्नो भू–भागमाथि दाबी गरेको भन्दै भारतीय भारतीय विदेश मन्त्रालयले बुधबार साँझ विज्ञप्ती जारी गरेर नेपालले जारी गरेको नक्सा आफुहरुलाई अ,स्वीकार्य रहेको बताएको छ ।

विज्ञप्तीमार्फत भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपाललाई यस्तो अनुचित दाबी नगर्न र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेका छन् ।

विज्ञप्तीमा नेपाली नेतृत्वले कूटनीतिक सम्वादमार्फत सीमा वि,वाद समाधान गर्ने वातावरण बनाउने विश्वास पनि व्यक्त गरिएको छ ।

11 Comments

Leave a Reply

Your email address will not be published.