नेपालबाट १६५ भारतीय यात्रु बोकेर दिल्ली उड्यो एयर इण्डिया

७ जेठ, काठमाडौं । भारतले आज नेपालमा रहेका आफ्ना नागरिकलाई हवाई उद्दार गरेको छ । लामो लकडाउन र व्यवसायिक उडानमाथिको प्रतिवन्धपछि नेपालमा अडि्कएका नागरिकलाई लिन एयर इन्डियाको जहाज काठमाडौं आएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुधबार बिहान एक ना,वालकसहित १ सय ६५ जना यात्रु लिएर एयर इन्डियाको जहाज उडेको हो । नेपालमा रहेका धेरैजसो म,जदुर सडक मार्गबाटै भारत फ,र्किसकेका छन् ।

दूतावास तथा विभिन्न मिसनमा कार्यरत कर्मचारी, व्यापारीलगायत नेपालमा अ,डि्कएका अन्य व्यक्तिलाई भने भारतले जहाजमा फिर्ता लगेको छ । लकडाउन प्रारम्भ भएसँगै नेपालबाट करीव ५ हजार मानिस स्वदेश फ र्किसकेका छन् ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.