आजबाट बदलियो नेपालको मानचित्र : अब १ लाख ४७ हजार ५ सय १६ बर्गकिलोमिटर

काठमाडौं, ७ बैशाख । सरकारले नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

आज नयाँ नक्सा सार्वजनिक भएसंगै अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ । यस अघि नेपालको क्षेत्रफल अ,तिक्रमित भूभाग बाहेक१ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो । नेपालको अ,तिक्रमित भूभागको क्षेत्रफल ३ सय ३५ वर्गकिलोमिटर थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको अगुवाईमा का,लापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक र प्रशासनिक नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा ग,रिबी नि,वारण मन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गर्दै यो दिन इहितहासमा लेखिने बताउनुभयो ।

उहाँले पुर्खाले रचेको भौगोलिक इतिहासको र,क्षा गर्नु आजको दायित्व भएको उल्लेख गर्दै आजदेखि विश्व मानचित्रमा नेपालको मानचित्र बदलिएको र नेपालीको मनोबल पनि उच्च बनेको बताउनुभयो ।

नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले आम नेपालीको लागि ची,र प्रतीक्षा बनेको आजको दिन इतिहासमा नै अविष्मरणीय रहने बताउदै सरकारी सबै कामकाजमा नयाँ नक्सा आजैदेखि लागू हुने पनि बताउनुभयो ।

उहाँले नेपालको अद्यावधिक नक्सालाई छिमेकी भारतले पनि सकारात्मकरुपमा लिने विश्वास व्यक्त गर्दै नेपाल सरकारले गरेको प्रतिबद्धता पूरा भएको पनि बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदमा पेश गर्नु भएको सरकारको नीति तथा कार्यक्रममा पनि का,लापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक र प्रशासनिक नयाँ नक्सा सरकारले जारी गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अ,तिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.