२५ आ,इसोलेसन बेडमा ५९ जना कोरोना सं,क्रमित

७ जेठ, नेपालगञ्ज । बाँके नरैनापुरका ५९ जना कोरोना सं,क्रमितलाई ३६ घण्टापछि मंगलबार राति नेपालगञ्जको लायन्स डेन्टल अस्पतालमा बनाइएको आइसोलेसनमा ल्याइएको छ ।

उनीहरुलाई नेपाली सेना र एक गैरसरकारी संस्थाको एम्बुलेन्सले मंगलबार राति अबेर नेपालगञ्जको लायन्स डेन्टल अस्पतालमा ल्याइएको हो ।

तर ५९ जना सं,क्रमित र एकजना सात महिने शिशुसहित ६० जनालाई २५ वटा बेडमा राखिएको त्यहाँका सं,क्रमितले टेलिफोनमा बताएका छन् । बेड नभएका कारण कतिपय सं,क्रमित भुइँमै सुते भने कतिपय बरण्डामा सुतेका छन् ।

५९ जनामध्ये एक महिलाको सात महिने छोरा पनि आमासँगै आएका छन् । घरमा हेरचाह गर्ने मानिस नभएको भन्दै सं,क्रमण नै नभएको शिशुलाई सं,क्रमित आमासँगै बस्दै आएका छन् ।

डेन्टल अस्पतालको दुई वटा हलमा बाँकी बेड बुधबारसम्म बनाइसकिने स्वा,स्थ्य कार्यालय बाँंकेका कोभिड–१९ फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

स्रोतका अनुसार उक्त डेन्टल हस्पिटलमा खटाइएका स्वा,स्थ्यकर्मीलाई पर्याप्त पीपीईको व्यवस्था समेत छैन । आइसोलेसनमा राखिएकामध्ये ६–७ जनामा ज्वरो र चक्कर लाग्ने जस्ता समस्या देखिएको र बाँकीको स्वा,स्थ्य अवस्था सामान्य रहेको छ ।

नरैनापुरकै एक पुरुषको क्वारेन्टाइनमै रहेका बेला समयमै उपचार नपाएर ज्या न ग एको थियो ।

प्रदेश ५ मा कोरोना सं,क्रमितलाई उपचारका लागि राख्ने आइसोलेसन अस्पतालको अभाव खड्किएको छ । प्रदेश सरकारले कोरोना विशेष अस्पताल बनाएका चार वटामध्ये तीनवटामा बेड खाली छैनन् ।

बुटवलको धागो कारखाना, भैरहवाको भीम अस्पताल, नेपालगन्जको सुशील कोइराला प्रखर क्या,न्सर अस्पतालमा बनेका आइसोलेसन बेडहरु सं,क्रमितले भरिएका छन् ।

दाङ बेलझुण्डीको आयुर्वेद अस्पतालमा पनि केही बेडमात्र बाँकी छन् । प्रदेश ५ का चारवटा कोरोना विशेष अस्पतालमा आइसोलेसन बेड संख्या १ सय ८४ छन् ।

मंगलबारसम्म ९९ जना कोरोना सं,क्रमित र १ सय ९५ जना कोरोना शं,कास्पद बि,रामी भर्ना भएर उपचार गराइरहेका छन् । प्रदेश ५ मा अझै ११ सय जनाको आरटी पीसीआर रिपोर्ट आउन बाँकी छ ।-अनलाइन खबर

10 Comments

Leave a Reply

Your email address will not be published.