कालीमाटीका दुई प्र,हरीमा कोरोना पुष्टि भएपछि प्रहरीका ६ इकाइ सिल

काठमाडौं, ७ जेठ । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको सं,क्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत सई र प्रहरी जवानमा कोरोना सं,क्रमण देखिएकाे हाे । उनीहरूमा काेराेना पाेजेटिभ देखिपछि मङ्गलबार रातिदेखि प्रहरी वृत्त पूरै सिल गरिएको छ ।

कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको छ । प्रहरी स्राेतका अनुसार महानगरीय प्रहरी वृत्त कालीमाटी मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ ।

सं,क्रमणको कुनै संकेत नदेखिएको भएपनि गत आइतबार वृत्तमा कार्यरत केही प्रहरीहरुको स्वाब टेष्ट गरिएको थियो । उक्त टेष्टको रिपोर्ट मङ्गलबार साँझ आएको र उनीहरुमा कोरोना संक्रमण देखिएको स्रोतले बताएको छ ।

कोरोनासं,क्रमण देखिएका सई र प्रहरी जवानलाई मङ्गलबार साँझ नै सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको छ । वृत्तमा २ सयभन्दा बढी प्रहरी कार्यरत रहेको र आज सबै प्रहरीको स्वाबको नमुना संकलन गर्न लागिएको छ ।

वृत्त पूरै सिल गरिएपछि अहिले कालीमाटी वृत्तको क्षेत्रभित्र रहेको स्थानको सुरक्षा तथा ड्युटीको जिम्मा काठमाडौँ परिसरले लिएको छ । अब ती स्थानहरुमा प्रहरी खटाउने र सु,रक्षाको व्यवस्थापन गर्ने जिम्मा काठमाडौँ परिसरले गर्न लागेको छ ।

मंगलबार मात्रै सुनसरीमा खटिएका एक जना सशस्त्र प्रहरी र धनकुटा जिल्ला अस्पतालमा खटिएका एक जना प्रहरीमा सं,क्रमण देखिएको थियो।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.