‘लकडाउन’ को समयमा मोबाइल एपबाटै डाक्टरसँग भिडियो कलसहित परामर्श लिन सकिने

काठमाडौं, ६ जेठ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस भनिने कोभिड १९ का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनमा छन् । लकडाउनका कारण घरमै बस्नुपरेकाहरुले केही चिकित्सकीय परामर्श चाहिएमा मोबाइल एपमार्फत लिन सकिने भएको छ ।

हाम्रो डक्टर नाम रहेको मोबाइल एप डाउनलोड गरी विभिन्न विशेषज्ञ चिकित्सकसँग गोप्यरुपमा परामर्श लिन सकिने एप्लिकेशनका संस्थापक सिईओ उद्धवराज भेटुवालले जानकारी दिए । परामर्शका क्रममा टेक्स्ट, फोटो र भिडियो आदानप्रदानका साथै अडियो र भिडियो कल गरेरपनि चिकित्सकसँग परामर्श लिन सकिन्छ ।

सन् २०१६ मा सुरु भएको एपले हाल अनलाईन परामर्श सेवा, अस्पतालमा टिकट बुकिंग गर्ने लगायत थुप्रै स्वास्थ्य सेवा सहजीकरणको सेवा दिइरहेको छ । एन्ड्रोइड र आइओएस प्लेस्टोरमा उपलब्ध एप्लिकेशनमा परामर्शका लागि सयौं विशेषज्ञ चिकित्सकहरु उपलब्ध रहेको भेटुवालले जानकारी दिए । एपका साथै हाम्रो डक्टर डटकममा पनि यो सुविधा रहेको छ ।

मोबाइल एप्लिकेशनमा उपलब्ध चिकित्सकहरुसँग सःशुल्क र निःशुल्क दुवै खालको परामर्श सेवा लिन सकिन्छ । परामर्श सेवामा बिरामीले आफ्ना जिज्ञासा व्यक्तिगत रुपमा गोप्य ढंगले पनि सोध्न सक्नेछन् । एप्लिकेशनका साथै हाम्रो डक्टर डटकमबाट सेवाहरस लिन सकिने एपका सिटिओ अशोक बस्नेतले जानकारी दिए ।

निःशुल्क रुपमा प्लेस्टोरमा उपलब्ध एप डाउनलोड गरी यस विषम अवस्थामा आफ्ना स्वास्थ्य समस्या तथा जिज्ञासाका बारेमा डाक्टरहरुसँग सहजै परामर्श लिन हाम्रो डक्टरले सबैलाई अपिल गरेको छ । एपबाट लिन मिल्ने सःशुल्क परामर्शका लागि सबैजसो डिजिटल पेमेन्ट गेटवेबाट शुल्क तिर्न सकिन्छ ।

हाम्रो डक्टरमा ईसेवा, फोन पे, खल्ति, आइएमई पे, ई–बैंकिगबाट समेत पैसा तिर्न सकिनेछ । यसका अलावा विदेशमा रहनेहरुले क्रेडिटकार्ड एवं मास्टरकार्डबाट पनि भुक्तानी गर्न सकिने एपका प्रमुख परिचालन अधिकृत हेम श्रेष्ठले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.