भारतबाट आएका थप ९ जना सं,क्रमित

राधा खनाल/झापा : झापाको कचनकवल गाउँपालिकामा थप ९ जनामा कोरोना भाइरस सं,क्रमण देखिएको छ । कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ९ जनामा मंगलबार कोरोना भाइरस सं,क्रमण पुष्टि भएको हो । कचनकवलकै क्वारेन्टाइनमा रहेका एकजनामा सोमबार साँझ १ जनामा कोरोना सं,क्रमण देखिएको थियो । योसँगै झापामा सं,क्रमितको संख्या १२ पुगेको छ ।

१० जना सं,क्रमित व्यक्ति केही दिनअघि भारतबाट आएका थिए । भारतको मुम्बई र दिल्लीमा रो,जगारीका लागि गएका कचनकवलका युवाहरु भारतका विभिन्न शहरबाट सीमा नाकामा आएर अलपत्र पर्ने क्रम जारी छ । सं,क्रमित युवाहरुको समुह पनि भो,कभोकै बसेको देखेपछि उनीहरुलाई भारतिय सीमा प्रहरी एसएसबी र नेपाल पक्षका सीमा सुर,क्षार्थ खटिएका सु,रक्षाकर्मी र जनप्रतिनिधिको सहयोगमा नेपाल आएका हुन् ।

सीमा नाका पूर्ण रुपमा ठप्प भएका बेला सं,क्रमित व्यक्तिसँगै अरु पनि नेपाल प्रवेश गरेका थिए । ‘भो,कभोकै बोर्डरमा अल,पत्र अवस्थामा देखेपछि हामीले आपसी समझदारीमा नेपाल ल्याइएको हो’, गाउँपालिका अध्यक्ष अञ्जार आलमले भने , ‘उक्त ३० जनाको समुहलाई कचनकवल गाउँपालिकाको वडा नम्बर ४ कद्दुभिट्टाबाट ल्याएको थियो ।’ उनीहरु मुम्बईमा बसेर म,जदुरी गर्ने गाउँपालिकाकै नागरीक हुन् । करिब १ सय किलोमिटर बाटो भोकभोकै हिँडेर बोर्डरसम्म आइपुगेका आलमले बताए ।

सं,क्रमितसँगै आएका समुहलाई कचनकवल ३ नम्बर वडाको पथरिया उच्च माविमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।-अन्नपूर्ण पोष्ट

Be the first to comment

Leave a Reply

Your email address will not be published.