सरकारी खाता ५६ अर्बले घा,टामा

काठमाडौं, ६ जेठ । आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ५६ अर्ब २८ करोड रुपैयाँले घा,टामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति १७ अर्ब २९ करोड रुपैयाँले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेकबाहेक) संघीय सरकारको कुल खर्च ६ खर्ब ३८ अर्ब १ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ५ खर्ब ९६ अर्ब ६२ करोड थियो ।

समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) ५ खर्ब ९० अर्ब ७६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन ६ खर्ब ४ अर्ब ६० करोड रहेको थियो ।

नौ महिनाको अवधिमा सरकारले ५५ अर्ब ४२ लाख आन्तरिक ऋ,ण र ४५ अर्ब ७८ करोडबराबरको बाह्य ऋ,ण परिचालन गरेको छ । २०७६ चैत मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ६२ अर्ब ३१ करोड (स्थानीय तहको खातामा रहेको ६२ अर्ब ८६ करोडसमेत) नगद मौज्दात रहेको छ ।

आर्थिक वर्ष २०७६÷७७ को नौ महिनामा प्रदेश सरकारको बैंकिङ कारोबारमा आधारित कुल खर्च ५६ अर्ब ५३ करोड रहेको छ । समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति ९३ अर्ब ५६ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ६० अर्ब ५४ करोड रुपैयाँ रहेको छ । याे खबर राजधानी दैनिकमा छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.