काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले अहिलेको सं,कटबाट देशलाई निकास दिने हो भने एउटा नयां ‘सोशल कन्ट्रयाक्ट’ वा ‘सामाजिक सम्झौता’ मा जानुपर्ने बताएकी छन् ।
सरकारको नीति तथा कार्यक्रमबारेको छलफलमा बोल्दै सांसद संग्रौलाले विदेशबाट फर्कन तम्तयार नेपालीहरु हुन् वा नेपालमै पसिना चुहाइ रहेका किसान र मजदूर, अब कसैले पनि न्यून गुणस्तरको शिक्षा वा स्वास्थ्य सेवामा चित्त नबुझाउने बताइन् । ‘जनताले अब भ्र,ष्टाचार र अनियमितता सहने वाला छैनन् ।
पैसा खर्च गरेर चुनाव लड्ने र चुनाव जिते पछि फेरी पैसा उठाउने मूल मन्त्रमा आधारित राजनीति अब जनताले मान्ने वाला छैनन् ।’ उनले भनिन् ‘राज्यको दायित्व के हो आफ्ना नागरिकहरुप्रति र नागरिकहरुको दायित्व के हो राज्य र मुलुकप्रति भन्ने पुर्नपरिभाषित गर्ने बेला आएको छ ।’
सांसद संग्रौलाले हालै मात्र भारत सरकारले बीस लाख करोड भारुको पुनरूत्थान कोष प्याकेज ल्याएको, अमेरिकाले तीन ट्रीलियन डलरको स्टिमुलस कार्यक्रम घोषणा गरिसकेको तर नेपाल सरकारले लकडाउन शुरु भएको करिब दुई महिना हुँदा पनि कुनै राहत प्याकेज घोषणा नगरेको भन्दै आ,लोचना गरिन् ।
कोभिड–१९ को सं,क्रमणले पार्ने प्रभावको बारेमा सरकारले घोषणा गरेका कार्यक्रमहरु क,र्मकाण्डी मात्रै छन् भन्दै उनले कोरोनाको लागि बेग्लै तथा अन्य बिरामीहरुको लागि बेग्लै संरचना, जनशक्ति र स्वास्थ्य सामग्रीहरुका लागि विशेष नीति र कार्यक्रम ल्याउन माग गरिन् ।
छायाँ श्रम तथा रोजगारमन्त्रीको जिम्मेवारी पनि सहालेकी सांसद संग्रौलाले कोरोनाको कारणले स्वदेशको रोजगारीमा संकुचन आउनुको साथै विदेशबाट फर्कने कामदारहरुको रोजगारीका बारे सरकारले कुनै ठोस योजना नल्याएको बताइन् ।
viagra without a doctor prescription buy viagra online usa
buying viagra online