भारतले सेना प्रमुखलाई बोल्न लगाउनुको अर्थ ध,म्की हो

काठमाण्डाै । सङ्घीय संसद् अन्तर्गतको परराष्ट्र सम्बन्ध तथा श्रम समितिका सदस्यहरुले कालापानी र लिपुलेक अ,तिक्रमणबारे भारत सरकारले त्यहाँको सेना प्रमुखलाई बोल्न लगाएकाेमा आ,पत्ति प्रकट गरेका छन् । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको अभिव्यक्तिको नेपाल सरकारले कु,टनीतिक रूपमा खण्डन गर्नुपर्ने समिति सदस्यहरुकाे माग छ ।

सिंहदरबारमा आइतबार बसेको बैठकमा समितिका सदस्य भीमबहादुर रावलले आफ्नो मन्तव्यको सुरुवातमै शुक्रबार भारतीय स्थल सेनाध्यक्ष नरवानेको अभिव्यक्तिको भ,र्त्सना गर्नुभयो । ‘भारतीय सेनाध्यक्षले कालापानी र लिपुलेकबारे नेपाललाई कसैले उ,चाल्यो भनेका छन्, म त्यो भनाइको भ,र्त्सना गर्दछु’, उहाँले भन्नुभयो । कालापानी र लिपुलेक नेपालको भूमि भएकाले सरकारले जसरी पनि त्यहाँबाट भारतीय सेना फिर्ता गराउनुपर्ने रावलले सरकारसँग माग गर्नुभयो ।

समितिका अर्का सदस्य सुरेन्द्रकुमार कार्कीले भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर बेग्लै नक्सा प्रकाशित गरे पनि नेपालले त्याे भूभागसहितको नक्सा बनाउनुपर्ने बताउनुभयो । ‘नक्सा ६ महिनासम्म पनि बनाउन सकेका छैनौँ’, उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

भर्खरै सरकारले कालापानीदेखि १२ किलोमिटर वरको गागाबगरमा सशस्त्र प्रहरी बलको सीमा सुर,क्षा पोस्ट राखेकाेमा उहाँले प्रशंसा गर्नुभयो । ‘२५/३० जना प्रहरी राख्दा पनि राम्रो सन्देश गएको छ’, कार्कीले भन्नुभयो ।

यस्तै समितिका सदस्य डाक्टर दीपकप्रकाश भट्टले भारत सरकारले आफ्ना स्थल सेनाध्यक्ष नरवानेलाई बोल्न लगाएकाेमा आ,पत्ति प्रकट गर्नुभयो । ‘सेना प्रमुखलाई बोल्न लगाउनुको अर्थ धम्की हो’, उहाँले भन्नुभयो, ‘नेपाल सरकारले यसको वि,रोध गरोस् ।’ सेना प्रमुखलाई बोल्न लगाउनु उचित नभएको उहाँको भनाइ थियो ।

भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक गरेर झण्डै चार सय वर्ग किलोमिटर नेपालको भूमि अ,तिक्रमण गरेको सांसद् भट्टले आ,रोप लगाउनुभयो । नेपालले कु,टनीतिक रूपमा समस्या समाधानका लागि चाँडो पहल गर्न उहाँले आग्रह गर्नुभयो । रासस

1 Comment

Leave a Reply

Your email address will not be published.