राजेश र अरुणको सा हस : जसले को रोनाबाट मृ त म हिलाको श वको व्यवस्थापन गरे

काठमाडौं, ४ बैशाख । विश्वव्यापी रुपमा फैलिँदो को रोना भा इरस (कोभिड १९) सं क्रमितको उ पचारमा स्वयं चि कित्सक नै त्र सित छन् । त्यसमा पनि को रोना भा इरस (कोभिड १९) का कारण मृ त्यु भएकाहरुको श व छुन जो कोहिले चाहदैनन्, सक्दैनन् र हम्मेसी आँट गर्दैनन पनि ।

को रोना भा इरसका कारण मृ त्यु भएका व्यक्तिको परिवारले श व छुन नपाउने कानुनी कार्यव्यवस्था छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको श व व्यवस्थापनसम्बन्धी कार्यविधिले सं क्रमण नफैलियोस् भनेर सतर्कता अपनाउन यो नीति अ ख्तियार गरिएको हो ।

तर हिजो का रोनाका कारण धुलिखेल अस्पतालमा मृ त्यु भएकी म हिलाको श ब परिवारले उठाउन नपाएपछि अरुले बोक्न त के छुन समेत धेरै हि चकिचाए । कसैले महिलाको श ब बोक्न मानेन ।

धुलिखेलमा रहेका ए म्बुलेन्सले श व उठाउन समेत मानेन । तर नेपाल स्काउटका स्काउट लिडर तथा सामाजिक अभियन्ता राजेश गाईजु र अरुण सैंजुको टिमले भक्तपुरबाट गएर उचित स्वास्थ्थ सर्तकता सहित व्यवस्थित ढंगले श बलाई पशुपतिसम्म पु-याए ।

नेपाल स्काउट अन्तर्गत जिल्ला स्काउट कार्यालय भक्तपुरमा कृयाशिल स्काउट लिडर गाईजु र सैंजुको टोलीले धुलिखेलबाट पशुपति आ र्यघाटसम्म पु¥याउने काम गरेसँगै सामाजिक सञ्जालमा यतिबेला उनिहरुको चर्चा चुलिएको छ ।

उनीहरु भक्तपुरस्थित महावीर दल गणबाट साढे ७ बजे धुलिखेल लागे । उनीहरुलाई नेपाली से ना र नेपाल प्र हरीले स्कटिङ गरेर लगेकोे थियो । भक्तपुरको जगातीमा पुगेपछि उनीहरुको गाडीलाई डिसइन्फेक्ट गरियो ।

त्यसपछि गाडी धुलिखेल अ स्पताल हानियो । अ स्पताल पुग्दा तीनै तहको सु रक्षाकर्मीहरुको बाक्लो उपस्थिति थियो । त्यसपछि ए म्बुलेन्समा राखेर उनीहरुलाई श ब गृहमा लगियो ।

श व व्यवस्थापन गर्न उनीहरुलाई भक्तपुरको महावीर गणमा ‘डे थ ब डी ह्यान्डलिङ ड्रिल’ तालिम दिइएको थियो । जहाँ उनीहरुलाई श वलाई प्लाष्टिकमा बेर्नेदेखि गाडीमा राखेर निश्चित क्षेत्रसम्म पु¥याउनेबारे तालिम दिइएको थियो ।

श ब गृहमा पुग्दा त्यहाँ उनका श्रीमान् र अस्पतालका एक जना कर्मचारी मात्र थिए । श व उठाउने प्रयास गरे, तर शव भारी भएकाले उठाउँन सकेनन् । अनि गाईजु र सैंजु अघि सरे ।

श ब पहिलै ‘क्याडाभर पाउच’ अर्थात् बडी ब्यागमा प्याक गरि सकिएको थियो । तर व्यागको बाहिरी पट्टी र गत लत पतिएको थियो । उनीहरुले आफ्नो साथमा लगेको बडी व्यागमा पुनः प्याक गरे । त्यस बाहिर फेरि प्लाष्टिकले प्याक गरेर श वलाई गाडीमा राखियो ।

गाडी रफ्तारमा पशुपतिनाथ मन्दिरको विद्युतीय श व दा हगृहमा आइपुग्यो । सुनसान सडक, से नाको लस्करको गाडी, सबैको आँखामा डर, कामेका हातले बाँकी जिम्मेवारी पूरा गर्न बल दिइरहेको थिएन ।

तर, पनि छिटो भन्दा छिटो श वको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी भएकाले उनीहरु वि चलित भएनन् । तर, पनि श वदाह गृहमा मेसिन भित्र श व हाल्न कोही अघि सरेनन् । उनीहरु दुई जनाले नै श वलाई मेसिनमा हालेर अ न्त्येष्टि गरे ।

अ न्त्येष्टि हुन्जेल सबै त्यही थिए । छेउमा झोक्राएर मृ तकका श्रीमान् थिए । मनले आँसु थामिरहेका भान हुन्थ्यो । भर्खरै जन्मिएको ९ दिने सन्तान उनको मानसपटलमा घुमिरहेको भान हुन्थ्यो ।

उनले न अ न्तिम समयमा आफ्नी प्रियालाई अंगालो मारेर रुन सके । बस्, श वदाहमा उनको अ न्तिम शेष बाँकी नहुन्जेल टुलुटुल हेरि मात्र रहे । नियति यस्तै रहेछ ।

श व बोकेको गाडी चलाउँदै धुलिखेलबाट पशुपति पुगेका अरुण र राजेश हाल महावीर गण भन्दा ३ सय मिटर भित्र रहेको सेना को आ इसोलेसनमा छन् । केही समय उनीहरु पहिला झै को रोना सं क्रमितको उ द्दार र प रीक्षणमा सक्रिय हुने छैनन् ।

आइसोलेसनमा रहँदा उनीहरुको नियमित स्वा स्थ्य परीक्षण हुनेछ । यो प्रतिकुल घडीमा विभिन्न बहाना बनाएर शब बोक्न नमानेको थाहा पाएपछि आफुहरुअघि सरेको राजेशले बताए ।

उनीहरु ल कडाउन भएदेखि नै भक्तपुरमा सम्भावित सं क्रमितलाई उ द्धार तथा सहयोगमा स्वतःस्फूर्त रुपमा खटिदै आएका थिए । भक्तपुर निवासी राजेश गाईजु र अरुण सैंजू यो काममा दिनरात नभनी खटिइरहेका थिए ।

भक्तपुर कै न्हुज किजू र दीप थकू पनि यो काममा उनीहरुसँगै भक्तपुर अ स्पताल परिसरमै त्रिपाल टाँगेर २४ सै घण्टा बस्दै आएका छन् ।

भक्तपुर अस्पताल, नेपाल प्र हरी र नेपाली से नाको सहकार्यमा रहेर काम गर्दै आए उनिहरु । सम्भावित व्यक्तिको घरसम्म पुगेर उनीहरुलाई अ स्पताल पु¥याउने, यात्रा विवरण बटुल्ने, परीक्षणका लागि उनीहरुको स्वाब प्रयोगशालासम्म पु¥याइदिने काममा सक्रिय छन् ।

राजेश र अरुणले को भिड १९ बाट नेपालमा पहिलो मृ त महि लाको व्यवस्थापनमा जुन साहस देखाए उनीहरुको त्यो साहसलाई सबैले सलाम गरेका छन् ।

(राजिब खत्रीले राजेश गाइजुसँग गरेको कुराकानीमा आधारित)
-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.