हालसम्मकै सबैभन्दा ठूलो स हयोग ‘एमसीसी’ सदनमा प्रस्तुत गरेर पा रित गर्नुपर्छ : सभापति देउवा

काठमाडाैं, ४ जेठ । नेपाली काँग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई यो सदनमा प्रस्तुत गरेर पारित गर्न माग गर्नुभएको छ । एमसीसीलाई सदनबाट पारित गर्नेबारे सरकारले उ दासिनता देखिएको आरोप लगाउनुभयाे ।

‘अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोग सम्बन्धि सम्झौता एमसीसीलाई यो सदनबाट पारित गर्नेबारे सरकारको उ दासिनता देखिएको छ, नीति तथा कार्यक्रममा यसलाई समावेश गरेरै जिम्मेवारी र ज वाफदेहितासाथ सरकार अग्रसर हुन सकेको देखिएन,’ उहाँले भन्नुभयाे, ‘यहि सदनमा प्रस्तुत गरेर पारित गर्ने प्रक्रिया अघि बढाउन म माग गर्दछु ।’

लिम्पीयाधुरा, लिपुलेक र का लापानीबारे सरकारकाे नीति कार्यक्रम पनि अ पूर्ण भएकाे उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘नेपाली भूमि अ तिक्रमण खास गरि लिम्पीयाधुरा, लिपुलेक र का लापानीबारे नीति कार्यक्रममा उल्लेख भएको विषय सकारात्मक छ तर यो अपूर्ण पनि छ ।’

भारत र चीन दुवै मुलुककाे स हमतिमा नेपाली भूमिमा भारतले सडक निमार्ण गरेकाे पनि उहाँले बताउनुभयाे । ‘मित्र रास्ट्र भारत र चीन दुवै मुलुकले सन २०१५ मा गरेको सहमति अनुरुप नेपाली भूमिमा भारतबाट सडक निर्माण गर्ने काम गरिएको छ ।’ दुई छिमेकि मुलुकबीच भएको सहमतिको नेपाली काँग्रेसले तत्कालनै विरोध जनाएको पनि उहाँले स्मरण गराउनुभयाे ।

काे राेनाकाे म हामारीकाे बेलामा पनि सरकाे मितव्ययी हुन नसकेकाे पनि उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयाे, ‘यस्तो अ प्ठ्यारो बेलामा पनि सरकार मि तव्ययीताको पक्षमा देखिएन । यो सरकार आफैले गठन गरेको आयोगको मितव्ययीताको सिफारिस समेत लागु गर्न तयार छैन । वैदेशिक ऋ ण निरन्तर बढेको छ । सरकार मितव्ययी हुन र वैदेशिक ऋ णको नीति पारदर्शी हुन आवश्यक छ ।’-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.