नेकपा सचिवालय बैठक : नीति तथा कार्यक्रमबारे सुझाव माग, स्थायी कमिटीबारे छलफल भएन

काठमाडौं, ०२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । शुक्रबार आज प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम बारेमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो ।

बैठकका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यहरुलाई सरकारको नीति तथा कार्यक्रमबारे सुझाव मागेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयाे – ‘प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा सुझाव माग्नुभयाे, त्‍यसका बारेमा केही विषयमा महत्वपर्ण सुझावहरु सचिवालय बैठकबाट दिने काम भयो ।’

आजको सचिवालय बैठकमा स्थगित हुँदै आएको स्थायी कमिटीबारे छलफल हुने नेताहरुले बताएका थिए । तर आजको बैठकमा पनि स्थायी कमिटीबारे छलफल नभएको प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो ।

उहाँले यसबारे सरकारको नीति तथा कार्यक्रमपछिको सचिवालय बैठकमा छलफल हुने बताउनुभयो । यसअघि बैशाख ३१ गते बोलाइएको बैठक पनि स्थ गित भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.