काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका सरकारी कार्यालय १५ दिन ब न्द गर्ने प्र शासनको निर्णय

काठमाडौं । काठमाडौं उपत्यकाका सबै सरकारी कार्याललय १५ दिनका लागि ब न्द गर्ने नि र्णय भएकाे छ । बिहीबार उपत्यकाका जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय ब न्द गर्ने नि र्णय गरेको हो ।

काठमाडौं उपत्यकासहित मुलुकका धेरै ठाउँमा को रोना सं क्रमितको संख्या बढेपछि सबै सरकारी कार्यलय ब न्द गर्ने नि र्णय गरिएको हो । बैठकमा अ त्यावश्‍यक सेवा प्रदान गर्ने सु रक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्वा स्थ्य, विद्युत्, दूरसञ्चार, खानेपानी, दैनिक उपभोग्य बस्तु बिक्री तथा ढुवानीसँग सम्बन्धित कार्यालय मात्रै सञ्चालन हुने निर्णय भएको छ ।

बैठकपछि निर्णय अनुमोदनका लागि तीनवटै प्रशासनले उपप्रधान तथा र क्षामन्त्री ईश्वर पोखरेल नेतृत्वका दुई संयन्त्र उच्चस्तरीय समिति र क्रा इसिस म्यानेजमेन्ट सेन्टरमा पठाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.