आफ्ना नागरिक ल्याउन भारतको पश्चिम बङ्गालद्वारा थप १०५ रेलको व्यवस्था

एजेन्सी । भारतको पश्चिम बङ्गाल राज्यले अन्य देशबाट आफ्नो प्रदेशमा आउन चाहने नागरिकलाई ल्याउनका लागि १०५ वटा विषेश रेलको व्यवस्था गरेको छ ।

राज्यका मुख्यमन्त्री ममता बनर्जीले बिहीबार थप १०५ ओटा विषेश रेलको व्यवस्था गरिएको घोषणा गर्नुभएको हो ।

ल कडाउनका कारण अ लपत्र परेका, पश्चिम बङ्गाल राज्यमा आउनैपर्ने अवस्थामा रहेका नागरिकहरुलाई ल्याउनका लागि ती रेलहरुको व्यवस्था गरिएको हो ।

आउन चाहने सवैलाई पुग्नेगरी १०५ वटा रेलको व्यवस्था गरिएको जनाइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.