प्रधानमन्त्री लगायतकाे फाेटाे बिगारेर सामाजिक सञ्जालमा राख्ने प,क्राउ

सिन्धुली । राजनीतिक दलका नेताहरुको फोटोको कार्टुन बनाइ सामाजिक सञ्जालमा राख्ने सिन्धुलीका एक युवकलाई प्रहरीले प,क्राउ गरेको छ । तीनपाटन गाँउपालिका १ बेल्घारी निवासी २१ वर्षीय मधु भनिने तोरणराज पौडेललाई विद्युतीय कारोबार क,सुर अन्तर्गत प्रहरीले प,क्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार महानगरीय प्रहरी बिट दरबारमार्गले पौडेलविरु,द्ध विद्युतीय कारोबार कसुर अन्तर्गत काठमाण्ठौ जिल्ला अदालतमा मु,द्दा दर्ता गरेको हो ।

अदालतले वैशाख २८ गते पाैडेलकाे नाममा प,क्राउ पुर्जी जारी गरेकाे थियाे । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामबहादुर खत्रीले विद्युतीय कारोबारमा मु,द्दा चलाइएका पौडेललाई समाएर पठाइ दिनु भनेकोले प,क्राउ गरी काठमाण्डौ पठाइएको बताउनुभयो ।

प,क्राउ परेका पौडेललाई प्रधानमन्त्री, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतमकाे कार्टुन फोटो बनाइ सामाजिक सञ्जाल फेसबुकमा राखेकाे अ,भियोग लागेको बताइएको छ ।-बाबुराम देवकोटा, उज्यालो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.