काेराेना भाइरस कहिल्यै स,माप्त नहुने स,म्भावना – विश्व स्वास्थ्य सङ्गठन

काठमाण्डाै । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिँदै काेराेना भाइरस कहिल्यै समाप्त नहुने हाे कि ? भन्ने सम्भावना रहेकाे बताएकाे छ । साथै विशेषज्ञहरुले याे महामा,रीबाट विश्वभर मानसिक स्वास्थ्यकाे स,ङ्कट उत्पन्न हुने बताएका छन् ।

बुधबार ग्लाेबल हेल्थले काेराेना भाइरस कहिले समाप्त हुन्छ भनेर आँ,कलन गर्न नसकिने जनाएकाे छ । विश्व स्वास्थ्य सङ्गठनका आ,पत्कालीन प्रमुख (इमरजेन्सी चीफ) माइकल रायनले भने, ‘हामी याे चीजलाई लिएर स्पष्ट र तयार रहनु आवश्यक छ । काेराेना हाम्राेबीच क्षेत्र विशेषकाे एक अन्य भाइरस बन्ने र कहिल्यै समाप्त नहुने हाे कि भन्ने सम्भावना रहेकाे छ । याे कहिले समाप्त हुन्छ भनेर ठाे,कुवा गर्न सकिँदैन । यसकाे कुनै तारिख छैन । याे राेग हामीहरुबीच लामाे समयकाे स,ङ्कट बन्न सक्छ ।’

विश्व स्वास्थ्य सङ्गठनकाे मानसिक स्वास्थ्य विभागकाे एक अन्य रिपाेर्टमा संयुक्त राष्ट्रकाे अर्काे ख,तरनाक स,ङ्कटलाई लिएर सचेत गराइएकाे छ । मानसिक स्वास्थ्य विभागका निर्देशक डेवाेरा केस्टलका अनुसार– एक्लाेपन, ड र, अनिश्चितता, आर्थिक उ,तारचढाव यी सबै मनाेवैज्ञानिक समस्याकाे कारण बन्न सक्छ । उनका अनुसार आउँदा दिनमा बालबालिका, युवा र स्वास्थ्यकर्मीमा पनि मानसिक क,मजाेरी देखिने सम्भावना छ ।

उनी अघि भन्छन्, ‘पूरै विश्वका नागरिककाे मानसिक स्वास्थ्य र जीवन याे म,हामा,रीबाट प्रभावित भएकाे छ र यसलाई प्राथमिकता दिनु आवश्यक छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख एडहनम गिब्रेयसले भने, ‘कैयाैँ देश लकडाउनबाट बाहिर निक्लनका लागि विभिन्न उपाय अपनाइरहेका छन् । तर विश्व स्वास्थ्य सङ्गठन सबै देशलाई सचेत रहन र उच्चस्तरकाे स,तर्कता अपनाउन सुझाव दिन्छ ।’

रुसमा काेराेना स,ङ्क्रमितकाे सङ्ख्या बढेर दुई लाख ४२ हजार दुई सय नाघेपछि याे बयान सार्वजनिक भएकाे हाे । स,ङ्क्रमणकाे हिसाबले रुस विश्वकाे दाेस्राे देश बनेकाे छ भने अमेरिका सबैभन्दा बढी प्रभावित भएकाे छ ।

अमेरिकामा १३ लाखभन्दा धेरैमा स,ङ्क्रमण पुष्टि भएकाेमा ९० हजारभन्दा धेरैकाे ज्या,न गएकाे छ । रुसमा ज्या,न गु,माउनेकाे सङ्ख्या दुई हजार दुई सय १२ छ । तर अधिकारीहरुले अप्रिल महिनामा भएकाे मृ,त्युमध्ये ६० प्रतिशत मृ,त्युकाे कारण अरु नै थियाे ।

रुसमा मस्काे सबैभन्दा अधिक प्रभावित छ, जहाँ एक हजार दुई सय ३२ जनाकाे ज्यान गएकाे छ । रुसकी स्वास्थ्य मन्त्री तात्याना गाेलिकाेवाले तथ्यकाङ्कमा हेरफेर गरिएकाेबारेमा अस्वीकार गरेकी छिन् ।

2 Comments

Leave a Reply

Your email address will not be published.