भारत सरकारले नेपालबाट नि र्यात हुने तयारी पाम आयलमा पुनः प्र तिबन्ध लगायो

तारा आचार्य,

विराटनगर, १ जेठ । भारत सरकारले तयारी पाम आयल आयातमा पुनः प्र तिबन्ध लगाएको छ ।

यस अघि पुष महिनामा पनि भारतले प्रतिबन्ध लगाएकोमा पछि भारतीय कम्पनीले लाइसेन्स लिनुपर्ने प्रावधान राखेर आयात खुला गरेको थियो ।

पाम आयल निर्यातमा प्रतिबन्ध लागेपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका घिउ तेल उद्योगहरु प्रभावित भएका छन् । लकडाउनको समयमा पनि कच्चा पाम आयल आयात गरी यस क्षेत्रका उद्योगहरुले भारततर्फ तयारी पाम आयल निर्यात गर्दै आएका थिए ।

भारतले साफ्टा अन्तर्गत नेपालबाट पाम आयल आयातमा सुविधा दिएपछि सुनसरी मोरङका बन्द भएका घिउ तेल उद्योगहरु पनि सञ्चालनमा आएको थियो । भारतको वैदेशिक व्यापार महानिर्देशकको कार्यालयले सोमवार एक सूचना जारी गरी मंगलबार देखि पाम आयल र पामोलिन आयातमा प्र तिबन्ध लगाएको हो ।

सुनसरी मोरङ औद्योगिक कोरिडोरका ६ वटा घिउ तेल उद्योगहरुले भारततर्फ पाम आयल र पामोलिन निकासी गर्दै आएका थिए ।

ल कडाउन यता विराटनगर भन्सार कार्यालय भएर करिब ५२ करोड ६६ लाख मूल्य बराबरको ४ हजार ४ सय ८८ मेट्रिक टन तयारी पाम आयल भारत निकासी भएको थियो भने करिब ४८ करोड १८ लाख रुपैयाँ बराबरको ५ हजार ४ सय ५० मेट्रिक टन कच्चा पाम आयल आयात भएको थियो ।

ल कडाउनको समयमा सबैभन्दा बढी निर्यात भएको वस्तुमा पाम आयल रहेको विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

ल कडाउनको समयमा ५० प्रतिशत उद्योग चलाएर पाम आयल निर्यात हुँदै आएकोमा निर्यात प्रतिबन्धले यस क्षेत्रका घिउ तेल उद्योगहरुलाई ठूलो सं कटमा पारेको छ ।

सुनसरी मोरङ औद्योगिक कोरिडोरका एउटा उद्योगले मासिक २ हजार मेट्रिक टनसम्म तयारी पाम आयल निर्यात गर्दै आएका थिए ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.