अ स्पतालबाट भा गेका अर्का सं क्रमित मावलीघरबाट प क्राउ

क्रान्ति शाह/वीरगन्ज : वीरगन्जको नारायणी अ स्पतालको आ इशोलेसन वार्डबाट भा गेका दुवै सं क्रमित प क्राउ परेका छन्। बुधबार अपरान्ह अ स्पतालको आ इसोलेसन वार्डको शौ चालयबाट हा म फा लेर भा गेका दुई सं क्रमितमध्ये एक जना बुधबार साँझ नै प क्राउ परेका थिए। अर्का सं क्रमित भने बुधबार राति मावलीघरबाट प क्राउ परेका हुन्।

अ स्पतालको आ इसोलेसन वार्डबाट भा गेका वीरगन्ज १६ इनर्वाका सं क्रमित जाबेद मिया, पर्साको धोबीनी गाँउपालिका ३ हरिहरपुरस्थित मावलीघरबाट बुधबार राति प क्राउ परेका हुन्।

अ स्पतालबाट भा गेर हरिहरपुरस्थित मावली घरमा मिया पुगेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए। मियालाइ मावलीघरबाट नियन्त्रणमा लिई एम्बुलेन्समा राखेर बुधबार राति १२ बजे वीरगन्जको नारायणी अस्पतालमा ल्याएर राखिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

मियाका आफन्तका अनुसार , वीरगन्जको अस्पतालबाट हाम फालेर भागेका मिया सुरुमा इनर्वास्थित आफनै घरमा पुगेका थिए। तर परिवारका सदस्यले प्रहरीलाई खबर गरेपछि घरमा प्रहरी पुग्नु अगावै उनी मोबाइल छाडेर घरबाट भागेका थिए। त्यसपछि मिया , वीरगन्जमा दुध बेच्न मावली गाँउ हरिहरपुरबाट आएका एक जना व्यक्तिको साइकलमा चढेर बुधबार बेलुकी मावलीघरमा पुगेका थिए।
मियाँलाइ साइकलमा चढाएर हरिहरपुर पुर्‍याउने ती व्याक्तिलाई पनि बुधबार रातिदेखि नै धोबीनी ४ लंगडीको क्वारेन्टाइनमा राखिएको छ। यस्तै मियाको मावलीघरका चार जना बालबालिकालाई पनि बिहीबार बिहान क्वारेन्टाइनमा राखिएको छ।

अस्पतालबाट बुधबार अपरान्ह मियाँसंगै भागेका अर्का संक्रमित पर्साको विन्दवासीनी गाँउपालिकाको बहुअर्वाभाठाका राजनाथ यादवलाइ भने प्रहरीले बुधबार नै साँझ नियन्त्रणमा लिएर फेरि आइसोलेसन वार्डमा राखिसकेको छ। -अन्नपूर्ण पोष्ट

Be the first to comment

Leave a Reply

Your email address will not be published.