स्वदेश फ र्कने नेपालीका लागि प्रबन्ध गर्दैछौं, भारतीय सी मामा तार बार लगाउन सहयाेग गर्छाैं : एनआरएनए अध्यक्ष

द्रोण रिजाल/दिनेश गौतम/राजकुमार थापा

युरोप, १ जेठ । बुधबार (मे १३) नेपाल पत्रकार महासंघ युरोप शाखाले गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तको प्रमुख आतिथ्यतामा एक अन्तरक्रिया कार्यक्रम (अनलाइन जुम एप मार्फत) सम्पन्न गरेको छ ।

को रोना भा इरसले विश्वभरमा रहेका नेपाली विद्यार्थी एवं श्र मिकहरुलाई प्राथमिकताका साथ स्वदेश फर्काउन आफुहरु लागिपरेको अध्यक्ष पन्तले बताएका छन् । उनले कतिपय देशहरुमा केही नेपालीहरु गै रकानुनी रुपमा बसोबास गरिरहेको र उहाहरुलाई सम्बन्धित देशको सरकारले यथासिघ्र देश छोड्न आदेश दिएकोले आफुहरु नेपाल सरकारसगं समन्वय गरेर स्वदेश फर्काउने बाताबरण मिलाई रहेको जानकारी दिए ।

बुधवार नेपाल पत्रकार महासघं युरोप शाखाको अनलाईन छलफल कार्यक्रममा अध्यक्ष पन्तले नेपालीहरुको समास्यालाई समाधान गर्नका लागि आफुहरु सधै प्रतिबद्ध रहेको बताउदै विदेशमा रहेका सारा नेपालीहरुको साथमा एनआरएनए रहेको बताए ।

एउटा फरक प्रसंगमा अध्यक्ष पन्तले गैरआवासीय नेपाली संघ माल्टाका केही पदाधिकारी मानव त स्कारीमा समावेश भएको समाचार आएको र उनीहरु समावेश भएको प्रमाण फेला परे आफुहरु तत्काल ब र्खास्त गर्न तयार रहेको बताए ।

सघंले नेपालमा केही ठुला परियोजनाहरुमा काम गरिरहेको बताउदै को रोनाले गर्दा केही असर परे पनि ती कामले छिट्टै निरन्तरता पाउने पनि उनले विश्वास व्यक्त गरे ।

एनआरएनए युरोप शाखाका संयोजक नारायण अर्चायले युरोपभित्र रहेका नेपालीहरुको समस्या समाधान गर्न आफुहरु निरन्तर लागि परेको बताए । आर्चायले एनआरएनए पोल्याण्ड, अष्ट्रियामा केही वि वाद रहे पनि छिट्टै समाधान गरिने विश्वास दिलाए ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.