अपडेट : स्वा स्थ्य मन्त्रालयले ग ल्ती सच्यायाे, नेपालमा काे राेना सं क्रमित संख्या २४५ नै कायम

काठमाडाैँ, १ जेठ । नेपालमा काे राेना सं क्रमित संख्याकाे तथ्यांक अपडेट गर्दा स्वा स्थ्य मन्त्रालयले ग ल्ती गरेकाे स्वीकारेकाे छ । यसअघि बिहीबार बिहानकाे दाेस्राे अपडेटमा थप ५ जनामा काे राेना भा इरस पु ष्टि भएकाे र नेपालमा को रोना सं क्रमित संख्या २५० पुगेको भन्दै मन्त्रालयले विज्ञप्ती निकालेकाे थियाे । त्यसैका अाधारमा सबैजसाे सञ्चारमाध्यममा ग लत विवरण गएकाे छ ।

मन्त्रालयले बिहीबारै बिहान १०ः१५ बजे जारी गरेकाे विज्ञप्तीमा प्राविधिक कारणवश यसअघि २५० सं क्रमित पुगेकाे बताउँदै वास्तविक सं क्रमित संख्या २४५ नै कायम रहेकाे जनाएकाे हाे ।

यसअघि बिहान ७:४५ बजेकाे अपडेटमा मन्त्रालयले सर्लाही, धान्काैल नगरपालिका निवासी ४५ वर्षीय एक पुरूषमा, धनुषाकाे जनकपुर र मिथिला निवासी ४० वर्षीय पुरूष तथा २० वर्षीया महिलामा तथा महाेत्तरीकाे जलेश्वर र बलवा निवासी १६ तथा ३५ वर्षीय पुरूषमा सं क्रमण देखिएकाे बताएकाे थियाे । तर ती यसअघि नै पु ष्टि भइसकेकाे विवरण ग ल्तीवश दाेहाेरिएकाे मन्त्रालयले जनाएकाे छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.