‘सु रक्षा ख तरा छैन, सु रक्षाकर्मी फि र्ता लैजानुस्’ : नारायणकाजी श्रेष्ठ

काठमाडौं : पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई सु रक्षा ख तरा महसुस नभएकाले सु रक्षाकर्मी फि र्ता लैजान आग्रह गरेका छन्। सी मा सुर क्षाका लागि खटाइने सशस्त्र प्रहरीले भिआइपीको सु रक्षामा खटिने गरेको समाचार बुधबार संचारमाध्यममा सार्वजनिक भएको थियो। सोहि समाचारमा श्रेष्ठको नाम समावेश भएको र सामाजिक संजालमा टिकाटिप्पणी हुन थालेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्त्तासमेत रहेका श्रेष्ठले आफूलाई सु रक्षाकर्मी आवश्यक न भएको बताएका हुन्।

उनले बुधबार बिहान ट्वीटमा चुनाव अघि राज्यको सु रक्षा संयन्त्रले राख्न अनुरोध गरेकाले राखेको प्रष्ट पारेका छन्। ‘मैले पुर्व गृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा सुरुदेखि नै लिइन्। सशस्त्र बलको पछुवा गाडी र सु रक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ।’, उनले लेखेका छन्, ‘तर गत चुनाव अघि राज्यको सु रक्षा सँयन्त्रले सुर क्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो।’

नियमितरुपमा स शस्त्रको पछुवा गाडी प्रयोग नगरेको बताउँदै उनले राज्यलाई अप्ठेरो परेको भएमा फिर्ता लैजान अनुरोध गर्दै क्ष मा याचना गरेका छन्। ‘थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिँन। मैले आफुलाई सु रक्षा ख तरा महसुस गरेको छैन। राज्य संयन्त्रले त्यस्तो आँकलन गरेको छ भनेपनि मेरो भन्दा राष्ट्रको सु रक्षा महत्वपुर्ण हुन्छ।’ राष्ट्रिय सभा सदस्यसमेत रहेका श्रेष्ठले भनेका छन्, ‘त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फि र्ता लैजान अनुरोध छ। यसबाट राज्यलाई अप्ठेरो परेकोभए क्षमा याचना।’

श्रेष्ठको सु रक्षामा १२ जना सु रक्षाकर्मी ख टिएका छन्। सु रक्षा ख तरा नहुँदासमेत नेताहरुले सु रक्षाकर्मी प्रयोग गरिरहेका छन्। त्यसैगरी पूर्व प्र हरी उच्च अधिकृतका घरमा बहालवाला सु रक्षाकर्मीको प्रयोग नि यमवि परीत भइरहेको छ।-अन्नपूर्ण पोष्ट

3 Comments

1 Trackback / Pingback

  1. keto stuffed peppers

Leave a Reply

Your email address will not be published.