लण्डन। काठमाडौँ जावलाखेल भै हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कन्चन अमात्यलाई शाही सम्मान साथ मानवता सेवा पुरस्कार प्राप्त भएको छ।
उनलाई बेलायती शाही परिवारद्वारा उनले मानवता र सामाजिक कार्यमा गरेको असल कामको मुल्यांकन गर्दै उनलाई उक्त सम्मान गरिएको हो । बेलायती शाही परिवारको एक प्रतिष्ठित नागरिक सम्मान पाइने उच्च पुरस्कार हो।
सम्भवत उनी यो सम्मान पाउने पहिलो नेपाली युवा नेतृत्व हुन्। गत बर्ष २०१९ मा अमात्यले डायना अवार्ड रोल अफ अनर बाट सम्मानित भै सकेकी थिइन्। उक्त पुरस्कार कन्चन अमात्य कि आमा कृष्ण अमात्यले ग्रहण गर्नु भएको थियो।
Leave a Reply