महराको थुनछेक बहस आज पनि, यस्तो हुन्छ प्रक्रिया

कार्तिक १७, काठमाडौं/
महिलामाथि जब रज स्ती कर णी उद्योग (प्रयास) गरेको अभियोग लागेका पूर्व सभामुख कृष्ण बहादुर महराको आज थुनछेक बहस हुँदैछ ।

शुक्रवार अदालती बयान सकिएपनि समय अभावका कारण थुनछेक बहस शुरु हुन सकेको थिएन ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध बिहीबार अभियोग पत्र दायर गरेकोमा शुक्रबार बिहानदेखि महराको अदालती बयान शुरु गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलाशमा महराको बयान लिइए थियो । पाँच घन्टा भन्दा धेरै समय महरा लगायतको वयान भएको थिइ ।

महराले अदालतमा इन्कारी बयान दिएका थिए ।

प्रहरीको झण्डै १ महिने अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध ज बर ज स्ती क र णी उद्योगको अभियोगमा मुद्दा दायर गरेको थियो । महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले ब ला त्का र प्रयासको आरोप लगाएकी थिइन् ।

सरकारी वकिलले महराविरुद्ध ज बर ज स्ती क रणी उद्योगमा अधिकत्तम ५ वर्ष र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा थप २ वर्ष ६ महिना गरी ७ वर्ष ६ महिना कैद सजायको माग दाबी गरेको छ ।

शुक्रबार बयान लिने काम सकिएपनि थुनछेक बहसका लागि महरालाई आइतबार बिहान १० बजे उपस्थित गराउन भनिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञान बहादुर कार्कीले जानकारी दिए ।

अब के हुन्छ ?

थुनछेकमा वादी र प्रतिवादीका तर्फबाट कानून व्यवसायीले बहस गर्नेछन् । बहस सकिएपछि अदालतले महरालाई थुनामा राख्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्ने बारेको आदेश गर्ने छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.