मर्निङ वाकमा निस्केका नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बे पत्ता

लन्डन, नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बे पत्ता भएका छन्। लण्डनको प्रहरीले उनको खोजीका लागि सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ। बुधबार बिहान करिब १०:३० मा दौडिनका लागि बेन्टलीमा निस्किएका मोरिस नफर्केपछि प्रहरीले खोजीकार्य थालनी गरेको छ।

प्रहरीले छ फिट अग्लो, श्वेत वर्णको, दाह्री पालेको भनी विवरणसहित ५२ वर्षीय मोरिसको हुलिया जारी गरेको छ। रिचार्डले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए।

हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले आन्तरिकरूपमा खोजीकार्य गरिरहेको भए पनि अब सार्वजनिकरूपमा खोजीका लागि सबैमा अनुरोध गर्नुपर्ने भएका कारणले सूचना जारी गरिएको बताए। हालै उनलाई फिजीका लागि राजदुत नियूक्त गरिएको थियो ।

14 Comments

Leave a Reply

Your email address will not be published.