लिपुलेकको विषयमा भारत र चीन पहिल्यै देखि मिलेका थिए – पूर्व परराष्ट्रमन्त्री महत

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत लिपुलेक हुँदै भारतले चीनसँगको व्यापार मार्ग खोलेकोमा आ,पत्ति व्यक्त गर्छन् । यो मामलामा पाँच वर्ष अघि नै सम्झौता भएको खुलाउँदै सरकारले कु,टनीतिक दबाब सृजना गरी देशको भूभागमा आँच आउन दिन नहुने बताएका छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा. रामशरण महतसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलासँग गरेको कुराकानीको छोटो अंशः

हिजो भारतका र,क्षा मन्त्रीले त लिपुलेकहुँदै भारतको मानसरोबर जाने बाटो उद्घाटन गरेको छ नि ?
त्यो त नेपालको भूमि हो । त्यसमा केही शं,का नै छैन । चीन र भारतको बीचमा आजभन्दा चार, पाँच वर्ष अगाडिदेखि सम्झौता भएको चर्चाहरु चलिरहेका छन् ।

त्यहाँ त भारतले सडक बनाइसक्यो नि ?
पाँच वर्ष अगाडि नै चीन र भारतबीच त्यहाँ बाटो खोल्न सम्झौता भएको छ । त्यसैबेला हामीले आ,पत्ति गरेका थियौं । म आफैले पनि भारतसँग आ,पत्ति प्र,कट गरेको थिएँ । त्यही अनुसार उनीहरुले बाटो खोलेका हुन् । त्यसरी बाटो खोल्नका लागि जसरी चीन र भारतले सम्झौता गरे त्यही बेलामा हामीले आ,पत्ति प्र,कट गरेका हौं । त्यो नेपालको भूमि हो । त्यसपछिका सरकारले ध्यान दिएर कुरा उठाएनन् । जब ५, ६ महिना अगाडि भारतबाट नक्सा आयो अनि मात्रै यो भूभागका बारेमा वि,वाद आएको हो । कालापानीदेखि लिपुलेक हुँदै परैसम्मको भूमि नेपालको हो ।

त्यतिखेर चिनीयाँ राष्ट्रपति र भारतका प्रधानमन्त्री मिलेर हस्ताक्षर गरेका होइनन्, अनि कसरी नेपालको भूमि हुन्छ ?
त्यो त चिनियाँ राष्ट्रपति र भारतका प्रधानमन्त्री मिलेर हस्ताक्षर गरेका हुन् ।

हामीले नेपालको भूमि भन्दाभन्दै भारतले आफ्नो हो भनेर सडक पनि निर्माण गरिसक्यो नि ?
यो कुरा उनीहरुले पहिलादेखि नै दा,बी गरेका हुन् । उनीहरुको नक्सामा पहिलादेखि नै थियो । खासगरी नेपाल र भारतको भू–भाग छु,ट्ट्याउने महाकाली नदी हो । महाकालीको पश्चिम भाग भारतको हो र पूर्वी भाग नेपालको हो । हामी त्यो महाकाली नदी भन्छांै । उनीहरुले त्यो महाकाली नदीलाई एउटा कृत्तिम खोल्सा तानेर महाकाली त्यो हो भनेर लिपुलेकलाई पनि आफूतिर तानेर उनीहरुले पहिलादेखि ग,ल्ती गरेका हुन् । यो धेरै अगाडिदेखिको कुरा हो ।

यतिबेला भारतले नेपालको भूमिमा बाटो खोलिसकेको छ अब नेपाल सरकारको भूमिका कस्तो हुनुपर्छ ?
यसमा त नेपाल सरकारले तुरुन्त आपत्ति जनाउनुपर्यो । ‘यो नेपालको भू–भाग हो, तिमीहरुले आपसमा नेपालसँग सल्लाह नगरीकन किन यो गर्यौ’ भनेर नेपालले आफ्नो पोजिसन बनाउनुपर्छ । हिजो जसरी पोजिसन लिएको थियो त्यसैगरी पोजिसन लिएर गम्भीर रुपले वार्ता गर्नुपर्छ ।

भारत र चीनले सम्झौता गर्दा त्यतिबेला नेपाल सरकार बोलेन नि ? किन बोलेन ? तपाईंलाई थाहा छैन ? जसरी बोल्नुपथ्र्यो त्यसरी बोल्नुभएन छ, तपाईंले पनि झारा टार्ने काम गर्नुभएछ नि ?
स्वयंम प्रधानमन्त्री त्यतिबेला सुशील कोइराला हुनुहुन्थ्यो । उहाँले तुरुन्तै आ,पत्ति प्र,कट गर्नुभयो । त्यसबेला म आफै हिन्दूस्तान गएको थिएँ । भू–कम्पपछि भएको अन्तर्राष्ट्रिय सम्मेलनको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गर्न । त्यसबेला मैले उहाँसँग कुरा उठाएको थिएँ । यहाँका परराष्ट्र सचिवहरु मलाई भेट्न आउनुभएको थियो उहाँसँग दरिलो ढंगले मैले यो विषय उठाएको थिएँ । उहाँहरुसँग मैले हाम्रो सीमानाका बारेमा धेरै विवाद छ । त्यसलाई छिट्टै बसेर छलफल गरौं भनेर ।

हामीले लिपुलेकको कुरा यसमा भारत र चीन त मिले नि ?
हो त यो विषयमा उनीहरु धेरै पहिलादेखि मिलेका थिए । चीनले पनि नेपाललाई सोध्नुपर्छ भनेर कुरा राख्नुपथ्र्यो ।

लिपुलेकको बारेमा त चीनले नेपाललाई पनि साथ दिएन नि ?
हो, चिनले पनि साथ दिनुपथ्र्यो । भारतले पनि साथ दिनुपथ्र्यो । त्यसलाई हामीले उठाइराखेका छौं ।

नेपालले अब कसरी कुटनीतिक रुपमा पहल गर्ने त ?
कसरी गर्ने भनेर भाषणा दिएर होइन । आफ्नो दह्रो पोजिसन कायम गर्नुपर्छ । त्यसमा त स्पष्टै छ नि, ‘यो नेपालको जमीन हो, यहाँहरुले गल्ती गर्नुभएको छ’ भनेर आपसमा बसेर यसलाई तु,रुन्त सुधार गर्नुप¥यो । नेपाल र भारतको सीमाना तुरुन्त टुं,ग्याउनुप¥यो भनेर आ,पत्ति प्र,कट गर्नुपर्छ ।

10 Trackbacks / Pingbacks

  1. plaquenil hair loss
  2. cialis viagra online
  3. best online sites for viagra
  4. what not to eat on keto diet
  5. purchase zithromax online
  6. hydroxychloroquine nz
  7. cialis uk supplier
  8. best canadian mail order pharmacies
  9. ivermectin drug
  10. buy ed pills online

Leave a Reply

Your email address will not be published.