आइतबारदेखि उर्लाबारीका अत्यावश्यक पसल दैनिक खुल्ने

उर्लाबारी ।  उर्लाबारीमा आइतबारदेखी अत्यावश्यक पसलहरु दैनिक खुल्ने भएका छन् । उर्लाबारी नगरपालिका संकट व्यवस्थापन समितिको शुक्रबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको हो ।

यसअघि हप्तामा तीन दिन मात्र अत्यावश्यक पसल खुल्दै आएका थिए । हप्तामा तीन दिन मात्र अत्यावश्यक पसल खुल्दा भिडभाड बढेको भन्दै उपभोक्ताहरुले गुनासो गरेका थिए ।

अब आइतबारदेखि बिहान ६ देखि १० बजेसम्म अत्यावश्यक पसल खुल्ला राख्ने निर्णय गरेको नगरपालिकाका प्रमुख खड्ग फागोले बताए । बैठकले पछिल्लो मन्त्रिपरिषद् बैठकबाट सरकारले गरेको परिपत्रलाई कार्यान्वयन गर्ने निर्णय पनि गरेको उपप्रमुख लक्ष्मीदेवी भण्डारीले जानकारी दिइन् ।

बैठकले स्टेशनरी पसल पनि खाेल्ने निर्णय गरेकाे उद्याेग वाणिज्य संघ उर्लावारीका अध्यक्ष प्रितम खड्गीले जानकारी दिए ।

3 Comments

6 Trackbacks / Pingbacks

  1. plaquenil 200 mg 60 tab
  2. keto meal delivery service
  3. buy zithromax 1000mg online
  4. canadian approved online pharmacies
  5. ivermectin oral
  6. ivermectin cost

Leave a Reply

Your email address will not be published.