कपिलवस्तुका ५ सं क्रमित सबै मुम्बईबाट फ र्केका, पाँचैजना ल कडाउनमा चो रबाटोबाट नेपाल प्रवेश

मनोज श्रीवास्तव,

कपिलवस्तु, २७ बैशाख । कपिलवस्तुमा थप ३ जना को रोना सं क्रमित भेटिएका छन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शनिवार जिल्लाको मायादेबी गाउँपालिकाका २ र शुद्धोदन गाउँपालिकाका एक जना सं क्रमित भेटिएका हुन ।

स्वा स्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर समिरकुमार अधिकारीद्वारा शनिवार जारी बिज्ञप्तीमा कपिलवस्तुसहित ३ जिल्लामा सात जना नया सं क्रमति फेला परेका हुन । यससंगै कपिलवस्तुमा सं क्रमितको संख्या ५ पुगेका छ ।

पाँच जना नै भारतको मुम्बइबाट चो र नाका हुँदै लु किछिपी नेपाल प्रवेश गरेका हुन् । तीन जना मध्ये २ जना मायादेबी गाउँपालिका र एक जना शुद्धोदन गाउँपालिकाको रहेको प्रहरीले जनाएको छ ।

मायादेबी गाउँपालिका वडा नम्बर २ अभिरावका १८ बर्ष, सोही पालिका वडा नम्बर ८ बिजुवाका १८ बर्ष तथा शुद्धोदन गाउपालिका–६ कर्माका १७ बर्षीय युवामा को रोना देखिएको हो ।

भेटिएका ५ मध्ये ४ मायादेबी र एक शुद्धोदन गाउँपालिका हुन । गत मंगलावर मायादेवी गाउँपालिका–१ स्थित छत्रपाली तीर्थादेवी उमाविमा रहेका ६५ जनाको स्वाब संकलनको परीक्षण पछि ५ जनामा सं क्रमण देखिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारयाण् पौडेलले जानकारी दिनुभयो ।

प रीक्षणपछि २ दिन अघि २ जना र शनिवार ३ जना सं क्रमति देखिएका हुन् । शनिवार पुष्टि भएका मायादेवी गाउँपालिका–२ का १८ बर्षीय युवा पनि यस अघिका २ जना सं क्रमितसंगै भारतको मुम्बईबाट फर्कका थिए ।

भारतको मुम्बईबाट फर्केका सोही पालिकाको वडा नम्बर २ अभिरावका १६ र २६ बर्ष युवामा को रोना सं क्रमति देखिएको थियो ।

गत बैशाख २३ गते राति भारतको मुम्बईबाट फर्केका ५ जना मध्ये ३ जनामा को रोना भा इरस भेटिएको छ । शनिवार सं क्रमित देखिएका मायादेवी गाउँपालिका–८ बिजुवका १८ बर्षीय युवा गत बैशाख २२ गते र शुद्धोदन गाउँपालिका–६ कर्माका १७ बर्षीय युवा बैशाख २० गते चो र नाका हुँदै छिेरका थिए ।

लु कीछिपी नेपाल प्रबेश गरे पछि स्थानीयको सहयोगमा दुबैलाई छत्रपाली तीर्थादेवी क्वा रेन्टाइनमा राखिएको थियो ।

सं क्रमित तीनसंगै फर्किएका बे पत्ता दुई कता छन् ?

चो र नाका हुदै संक्रमित संगै फर्केका ७ जना मध्ये २ जना अझै भेटिएका छैनन । सोही समूह मध्ये ३ जनामा सं क्रमित भएका हुन ।

दुबै जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताउनुभयो । योसंगै प्रदेश नम्बर ५ मा को रोना सं क्रमतिको संख्या ३० पुगेको छ ।

बाँकेमा २४, कपिलवस्तुमा ५ र रुपन्देहीमा एक जना सं क्रमित भेटिएका छन । उता सं क्रमतिको कन्ट्याक्ट ट्रेसिङ, ट्राभल हिस्ट्रीलगायतका विषय पत्ता लगाउन जनसंख्या तथा स्वा स्थ्य मन्त्रालयबाट डाक्टर यदुचन्द्र घिमिरको नेतृत्वमा ४ सदस्यीय टोली कपिलबस्तु पुगेको छ ।

टोलीले अभिराव, छत्रपाली तिर्थादेवी उमाविको क्वा रेन्टाइनमा पुगेर आवश्यक कार्य अघि बढाएको प्रजिअ पौडेलले बताउनुभयो ।-न्यूज२४

5 Comments

Leave a Reply

Your email address will not be published.