क माउन गएका बुढाथाेकीकाे श व एक महिनादेखि विदेशमै, रोए र दिन कटाउँदै परिवार

अभिमन्यु लामिछाने

उदयपुर, २७ वैशाख । उदयपुरको एक परिवार एक महिनादेखि शो कमा डुबेकाे छ । को रोना सं क्रमणका बेला युएईको आबुधाबीमा दुर्घटनामा ज्या न गु माएका परिवारका सदस्यको श व ल्याउन सक्ने अवस्था नभएपछि महिनादिनदेखि परिवारले रुँ दै दिन काटिरहेका छन् ।

उदयपुरको कटारी- २ खोक्साका ४० वर्षीय टुकबहादुर बुढाथोकीको गएको चैत्र २३ सडक दु र्घटनामा परी आबुधाबीमा ज्या न गएकाे थियाे । यता परिवारजन भने लक डाउन खुल्ला र श व ल्याएर दा हसंस्कार गर्न सकिएला भन्ने पर्खाइमा छन् ।

एक महिनादेखि श्रीमानको श व विदेशमै अल पत्र परेपछि मृ तककी श्रीमती पुष्पा कुमारी खड्काको अवस्था अहिले दय नीय बनेको छ । एकोहोरो हुने, एक्लै रुने र झाेक्राएर बस्ने गरेकी छिन् । श्रीमानको दु र्घटनामा मृ त्यु भए पनि श व ल्याउन र अन्यत्र आउजाउ गर्न समस्या भएपछि पुष्पाको अवस्था समेत द यनीय बन्दै गएको हो । हामी रिपोर्टिङमा उनको घर पुग्दा एक्कासि भक्कानो फुटेर आँशु खसाएकी थिइन् ।

कृ षि म जदुरका रुपमा २०७५ असारमा वैदेशिक रोजगारीमा गएका बुढाथोकीको दु र्घटनामा ज्या न ग एपछि को रोना सं क्रमणका कारण भएकाे लक डाउनले उनको श व ल्याउन न सकिएकाे हाे । श व कुरेर रुँदै दिन बिताउनुको विकल्प नरहेको मृ तकका दाजु कृष्णबहादुर बुढाथोकीले बताए ।

अहिले श व ल्याउन सक्ने अवस्था नभएको समयमा बुढाथोकीलाई पठाउने अञ्जली ओभरसिजले भने आबुधाबीमै दा हसंस्कार गर्ने भन्दै मञ्जरी दिन परिवारलाई द बाब दिइरहेको छ । परिवारले भने अ न्तिमपटक श व हेरेर आफ्नै संस्कारअनुसार घरमै दा हसंस्कार गर्ने बताइरहेका छन् ।

मृत क छोराको श व हेर्ने अन्तिम ईच्छासहित एकमहिनादेखि ६५ वर्षीय आमा तोपकुमारी बुढाथोकीले रोएरै दिन बिताइरहेकी छिन् ।

म्यानपावर कम्पनीले पहिला बताए अनुसारको पारिश्रमिक नपाउनेगरी कृ षि म जदुरमा काम लगाएको मृ तककी श्रीमती पुष्पा कुमारीले बताईन् । भनेजस्तो कमाई नभएपछि अाउँदाे असारमा घर फर्किने बताएका थिए श्रीमानले । दु र्घटनाभन्दा आधा घण्टा अघि मात्र उनले श्रीमतीसँग कुरा गरेका थिए ।

वैदेशिक रोजगारीमा घरकाे जवान मान्छे नै बितेपछि परिवारलाई नै आर्थि क सं कट थपिएको छ । २ कट्ठा मात्रै ऐलानी जग्गा भएको बुढाथोकी परिवारलाई गुजारा गर्न समेत सं कट परेको हो ।

श व ल्याउन कुनै निकायले पहल पनि नगरेको र ल कडाउनका कारण आफुले पनि घरबाहिर निस्किने र पहल गर्ने वातावरण नभएको बुढाथोकी परिवारले बताएका छन् ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.