उदयपुरमा हा वाहुरीले ठूलो क्ष ति

भरत खड्का,उदयपुर : बिहीबार साँझ वर्षासँगै आएको हावाहुरीले उदयपुरमा लाखौँको क्ष ति पुगेको छ । झण्डै आधा घण्टासम्म चलेको हावाहुरीले व्यक्तिका घर, गोठ, पशुचौपाय, अन्नवालीमा क्ष ति पुगेको हो।

हावाहुरीका कारण कटारी नगरपालिका–६ धप्पडका गुमानसिंह खड्काको टिनको छानो भएको दुई तले घरको गार्हो भत्काउँदा पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर बुढामगरले जानकारी दिए।

त्यसैगरी चौदण्डीगढी नगरपालिका–४ बसाहाका गणेशबहादुर घिमिरेको घरनजिकको सिमलको रुख भाँचिदा गोठमा रहेको १ गाई म रेको उनले बताए । रुखले कि च्दा सँगै रहेको गाई घा इते भएको छ । प्रहरीको प्रारम्भिक तथ्यांकअनुसार घिमिरेको तीन लाख बराबरको क्ष ति भएको छ।

टेलिफोन, विद्युत समेत अवरुद्ध हुँदा सबै क्षेत्रको तथ्यांक आइनसकेको उनले बताए। ‘धेरै ठाउँबाट क्ष ति भएको खबर आएको छ,’ उनले भने, ‘आज बिहानैबाट प्रहरी परिचालन गरी तथ्यांक संकलन गरिँदै छ।’ हावाहुरीले किसानले लगाएको मकै विनाह पारेको छ । बारी तथा जंगलका रुखहरु ढ ल्दा सडकसमेत अ वरुद्ध भएका छन् भने बिजुलीका पोलहरु ढलेका छन् ।-अन्नपूर्ण पोष्ट

2 Comments

2 Trackbacks / Pingbacks

  1. keto appetizers
  2. gay chat dating site

Leave a Reply

Your email address will not be published.