नेकपा वि वाद फेरि चु लियो

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको वि वाद फेरि बढेको छ । आज बस्ने भनिएको स्थायी कमिटी बैठकका एजेण्डाबारे दुई अध्यक्षबीच नै सहमति हुन नसकेपछि केही दिनदेखि मत्थर भएको ठानिएको वि वाद फेरि सतहमा आएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठक तथा दुई अध्यक्षबीच भएको छलफलमा स्थायी कमिटीको बैठकका एजेण्डाबारे सहमति हुन नसकेपछि आजका लागि तय भएको स्थायी कमिटी बैठक नबस्ने भएको नेकपाले जनाएको छ ।

हिजोको बैठकको बीचमै अध्यक्ष केपी शर्मा ओली आफू थाकेको भन्दै बैठक कक्षबाट बाहिरिएको र बैठकमा नफर्किएपछि दुई अध्यक्षले मात्र छलफल गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि गएको वैशाख २० गतेको सचिवालय बैठकले आज स्थायी कमिटी बैठक बस्ने र हिजो सचिवालयले बैठकका एजेण्डा तय गर्ने निर्णय गरेको थियो । त्यो सचिवालय बैठकपछि नेकपाभित्रको वि वाद समाधान भएको नेताहरुले दाबी गरेका थिए ।

स्थायी कमिटीको बैठक राख्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका २० जना स्थायी कमिटी सदस्यले लिखित रुपमै माग गरेका छन् भने अध्यक्ष ओली स्थायी समितिको बैठक तत्कालै नराख्ने पक्षमा हुनुहुन्छ ।

नेकपाभित्र एक व्यक्ति एक पद कार्यान्वयन गर्नुपर्ने, अहिलेसम्मका कमजोरीप्रति सबैले आत्मालोचना गर्नुपर्नेलगायतका विषय उठिरहेका
छन् ।-उज्यालो

4 Comments

Leave a Reply

Your email address will not be published.