डेढ करोड मूल्यको गाडी किन्दै पानीजहाज कार्यालय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पानीजहाज कार्यालय ललितपुर एकान्तकुनाले झण्डै डेढ करोड मूल्यको एसयूभी गाडी खरिद गर्ने भएको छ।

कार्यालयले १ करोड ४३ लाख ९८ हजार रुपैयाँको गाडी किन्नलागेको हो। यसका लागि कार्यालयले गत फागुन ८ मा विज्ञापन निकालेको थियो ।

सोहीबमोजिम खरिद गर्न कम्पनीहरुले बोलपत्र हालेकामा कार्यालयले उक्त मूल्यमा गाडी खरिदका लागि सिप्रदी ट्रेडिङ प्रालि (नयाँ नैकाप)लाई छनोट गरेको जनाएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.