काठमाडौ । अहिले विश्वभर कोरोना भा ईरसको म हामारी फैलिएको छ । सबै नेपाली लकडाउनको प्रभावमा छन् । कोरोना प्रभावितहरुका लागी बिभिन्न सामाजिक संस्था तथा समाजसेवीहरु सक्रिय रुपमा राहतका प्याकेज बितरण गरिरहेका छन् ।
यसैबिच महाभुकम्प पछि निरन्तर सामाजिक कार्यमा सक्रिय सामाजिक संस्था धुर्मुस सुन्तली फाउण्डेशनले कोरोना प्रभावित नेपालीहरुका लागी बिभिन्न राहत सामाग्री वितरण गरिरहेको छ । कोरोनाको महामारीले बिभिन्न स्थानमा अलपत्र परेका नेपाली तथा बिहान बेलुका खाना खान समेत समस्या भएका नेपालीहरुका लागी फाउण्डेशनले बिभिन्न तरिकाले सहयोग गरिरहेको छ ।
फाउण्डेशनले पहिलो चरणमा उद्धार कार्य र दोश्रो चरणमा राहत बितरण गर्दै अहिले निशुल्क भोजनको व्यवस्था गरेको छ । बैसाख ९ गते किर्तिपुर स्थित रहेको त्रिभुवन विश्व बिद्यालयमा अध्यनरत २०० जना बिद्यार्थीहरुका लागी राहत वितरण संगैं कोरोना प्रभावितहरु पहिचान गरी निरन्तर सहयोग गरिरहेको छ ।
त्रिभुवन विश्व बिद्यालयका २०० बिद्यार्थीहरुका लागी फाउण्डेशनले २०० बोरा चामल, ६०० केजी दाल, २०० पाकेट नुन, २०० लिटर तेल र २०० कार्टुन बिस्कुट सहित खाद्यान्न सहयोग प्रदान गरेको हो । त्यससंगैं झापामा अलपत्र परेको चितवनका २४ बिद्यार्थीहरुलाई चितवन र ललितपुरमा अलपत्र अवस्थामा रहेका ९५ जना मजदुरहरुलाई २ वटा बस रिजर्भ गरी उनिहरुको गृहजिल्ला दाङ पठाईएको थियो ।
धुर्मुस र सुन्तलीको प्रत्यक्ष सहभागितामा काठमाण्डौं, ललितपुर तथा भत्तपुरमा रहेका बिभिन्न बिपन्न, गरिव, बिभिन्न रोगीहरु, ज्याला मजदुरी गरी गुजारा गर्ने मजदुरहरु, अशक्त, बिद्यार्थी, बृद्ध, गर्भवती महिला लगायतका पीडित पहिचान गरी अवस्थाअनुसार आर्थिक सहयोग समेत गरेको छ । आमाको मुख हेर्ने दिनको अवसरमा धुर्मुसले बिभिन्न पीडामा रहेका कोरोना प्रभावित आमाहरुलाई आर्थिक सहयोग गरेका थिए । धुर्मुसले आमाहरुलाई गरेको सहयोगको भिडियो थुप्रैपटक सेयर समेत भएको छ ।
फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार कोरोना प्रभावितका लागी हालसम्म ११ लाख बराबरको राहत विरण गरिसकिएको छ ।
बिभिन्न राहतका प्याकेज वितरण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनले अहिले निशुल्क भोजन सुरु गरेको छ ।
सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर, असहाय तथा बिपन्न परिवारहरुको समस्यालाई मध्यनजर गरी फाउण्डेशनले ललितपुरको थसिखेलमा निशुल्क भोजनको व्यवस्था गरेको हो । ललितपुर स्थित रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड संगको सहकार्यमा फाउण्डेशनले आजबाट प्रतिभा सहकारीको भवन अगाडी भोजनको व्यवस्था गरेको हो । अशक्त तथा बिपन्न वर्गका पीडितहरु बिहान ९ बजेदेखी ११ बजेसम्म र साँझ ५ बजेदेखी ७ बजेसम्म निशुल्क भोजनका लागी त्यहाँ जान सक्नेछन् । र फाउण्डेशनले आवश्यक पीडितहरु उक्त स्थानमा आई भोजनमा सहभागी हुन अनुरोध समेत गरेको छ ।
बिभिन्न स्थानमा रहेका नेपालीहरुलाई सहयोग गर्न धुर्मुस सुन्तली फउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले सबैलाई अनुरोध समेत गरेका छन् । उनले फेसबुकमा स्ट्याटस राख्दै बिपदमा सबैले सहयोग गरौं भन्दै पीडित पहिचान गरी आवश्यक सहयोग गर्नुनै मानविय धर्म निर्वाह गर्नु भएकाले सहयोग गरि उद्धार गर्न समेत अपिल गरेका हुन् ।
buy tadalafil 20mg price – tadalafil pill buy tadalafil online overnight shipping
propecia alternative – finasteride results after 2 years where do i buy propecia
Gnzoqo – http://virviaga.com/ cheap viagra black
vardenafil prices online – buy vardenafil generic vardenafil vardenafil
[url=https://viagrapde5.com/]buy sildenafil no prescription[/url]
Hi, I do believe this is a great blog. I stumbledupon it 😉 I
may return yet again since i have saved as a favorite it.
Money and freedom is the best way to change, may you be rich and continue
to help other people.
tenormin lioresal alprostadil
I have been surfing online more than 2 hours today, yet I never found
any interesting article like yours. It’s pretty worth enough
for me. Personally, if all web owners and bloggers made good content as
you did, the internet will be much more useful than ever before.
It is perfect time to make some plans for the future and it’s time to be happy.
I’ve read this post and if I could I wish to suggest you few interesting things or tips.
Maybe you can write next articles referring to this article.
I desire to read even more things about it!