उपत्यका छिर्ने भक्तपुरको पुर्वी ना काबाट सवारी आवागमनमा रो क

रामगोपाल तमखु
भक्तपुर, २४ वैशाख । उपत्यका प्रवेश गर्ने भक्तपुरको पुर्वी नाका जगातीमा सवारी साधन प्रवेशमा रो क लगाएको छ । पूर्वी तथा तराइका विभिन्न जिल्लामा को रोना सं क्रमणको संख्या बढेपछि उपत्यका आउनेकाे लहर बढेको छ । उपत्यका सुर क्षित रहेको हल्लासँगै प्रवेश गर्नेको संख्या बढ्ने देखिएपछि सवारी आवागमनमा रो क लगाइएको हो ।

ल कडाउनको समयमै भक्तपुरबाट बाहिर जानेहरुलाई पास उपलब्धतामा केही खुकुलो गरेको थियो । हाल भने प्रशासनले हरेक स्थानीय तहको सिफारिसबिना पास उपलब्धतामा रो क लगाएको जिल्ला प्रशासन कार्यालय, भक्तपुरका सहायक प्रजिअ दिलिप प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

अरनिको राजमार्गअन्तर्गत भक्तपुर नाका भएर उपत्यका प्रवेश गर्ने सवारी साधनमा क डाइ गरेको भक्तपुर प्रहरी परिसका प्रमुख सविन प्रधानले जानारी दिनुभयो । काभ्रे जिल्लाबाट उपत्काभित्र अतिआवश्यक तरकारी, दुध, खाद्यान्न, अस्पताल र सरकारले तोकेका कर्मचारीबाहेक अन्यलाई प्रवेशमा रोक लगाएको प्रधानले बताउनुभयो ।

पूर्वका विभिन्न जिल्लासँग समन्वय गरी अरनिको राजमार्ग र बीपी राजमार्ग, सिन्धुली-बर्दिवास भएर आउने सवारी साधनलाई उनीहरुकै नाकाबाटै फि र्ता गरिएको प्रधानले जानकारी दिनुभयो । आउने र जाने जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी पास उपलब्ध गराएका बाहेक अन्य सवारी साधन भक्तपुर नाका भएर प्रवेश गर्न नपाउने उहाँले बताउनुभयाे ।

हाल यो नाका भएर दैनिक उपत्यका प्रवेश गर्ने सवारी साधन न्यूनतम पाँच सयको हाराहारीमा रहेका छन् । यसरी प्रवेश गर्ने सवारी साधनमध्ये दैनिक उपभोग्य सामानका साधन र स्वास्थ्यसँग सम्बन्धित तथा उपत्यकामा काम गर्ने सरकारले छुट दिएका सवारी साधन रहेको पनि उहाँले जानकारी दिनुभयो ।

यो नाका भएर प्रवेश गरेका हरेक ब्यक्तिहरुको व्यक्तिगत विवरण समेत राखिएको र भोलिको दिनमा कुनै ब्यक्तिमा सं क्रमण देखा परे उनीहरुको पूर्ण जानकारीका लागि सबै विवरण राखी उपत्यकाका तीनै प्रशासनसँग समन्वय गरिरहेको पनि उहाँले बताउनुभयो ।

अत्यावश्यक सवारी साधनमा भने यो नाका भएर प्रवेश गर्न रोक लगाइएको छैन । तर उपत्यका र उपत्यकाबाहिर दुवै स्थानमा घर भएकाहरुलाई हाल जहाँ बसेको छ उतै बस्ने गरी प्रवेशमा रो क लगाइएको प्रधानले जानकारी दिनुभयो ।

यसैगरी उपत्यका नगरपालिका फोरमले कोरोना सं क्रमणको जो खिमलाई न्यूनिकरण गर्ने उदेश्यका साथ उपत्यकालाई सील गर्नुपर्ने माग राख्दै केन्द्रीय सरकारलाई ज्ञापनपत्र समेत बुझाएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले समेत उपत्यकामा बढ्न सक्ने जो खिमलाई न्यूननीकरण गर्न उपत्यका प्रवेशमा रो क लगाउने आग्रहका साथ केन्द्रीय सरकारलाई पत्राचार गरेका छन् ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.