नेवार समुदायलाई मात्रै घर बे च्नुपर्ने पनौती नगरपालिका वडा नम्बर ७ को नि र्णय

सुजना ढकाल
काभ्रे, वैशाख २४ । काभ्रेको पनौती नगरपालिका, वडा नम्बर ७ ले आफ्ना वडाका घर नेवार समुदायका व्यक्तिलाई बाहेक अरुलाई बेचबिखनका लागि सिफारिस नगर्ने निर्णय गरेको छ।

मंगलबार गरिएको सो निर्णय वि भेदकारी भएको भन्दै सामाजिक संजालमा आलोचना भइरहेको छ।
सो वडाले जारी गरेको सूचनामा धर्म, संस्कृति र पुरातात्विक सम्पदा जोगाउन नेवार जाति बाहेक अन्य जातिलाई घर बेचविखन गर्न वडा कार्यालयले सिफारिस नगर्ने उल्लेख छ।
मंगलबार बसेको वडा समिति बैठकले यस्तो निर्णय लिएको वडाध्यक्ष रामचन्द्र नास्नानीले बताए।

नेपालको संविधानले जातियताका आधारमा भेदभाव गर्न नपाउने र नागरिकले देशको कुनै पनि स्थानमा जग्गा विक्रीवितरण गर्न पाउने अधिकार भएकाले वडाको पत्र विवादित बनेको हो।

‘हामीले गर्न खोजेको संस्कृति जोगाउन हो, तर विभिन्न टिकाटिप्पणी आएका हुनाले फेरि छलफल गर्दै छौँ,’ उनले भने।

नेवार जातिको बाहुल्य रहेको पनौतीको यस वडाभित्र पुरानो बजार क्षेत्रहरु पर्छ। यहाँ विभिन्न जात्रा तथा पर्व मनाइन्छ।
‘जुन आरोपहरु आइरहेको छ, यस्तो केही होइन। सम्पदा जोगाउन नेवारहरुले जात्रा यताउता चलाउन अलि कठिनाइ भएको हुनाले हामीले यस्तो गर्न खोजेको हो,’ उनले भने।

अध्यक्ष नास्नानीले पत्रको विषयमा विवाद आएकाले सोका बारेमा छलफल गर्न बिहान १० बजे वैठक डाकिएको जानकारी सेतोपाटीलाई दिएका छन्।

‘यस विषयमा छलफल गर्न आज बिहान १० बजे बैठक बस्दै छ। १० बजेपछि नै निर्णय फर्ता लिने कि के गर्ने थाहा हुन्छ,’ उनले भने।-सेतोपाटीबाट

9 Comments

Leave a Reply

Your email address will not be published.