ल कडाउन ल म्ब्याउन मन्त्रिपरिषद बैठक बस्दै

२४ वैशाख, काठमाडौं । ल कडाउन ल म्ब्याउनेबारे निर्णय गर्न बुधबार मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ ।

यसअघि को रोना रो कथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिएको थियो । समितिको सुझावअनुसार कम्तिमा एक साता लकडाउन थपिने मन्त्रिपरिषद स्रोतले बतायो ।

कोरोना रो कथाम तथा नि यन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि ल कडाउन गरेको छ । ल कडाउनको समयअवधि यही वैशाख २५ गतेसम्म छ ।

ल कडाउन थप्दै लगे पनि परीक्षण सुस्त भएको भन्दै सरकारको आ लोचना हुँदै आएको छ । नेपालमा दुई जना कोरोना सं क्रमित फेला परेपछि सरकारले चैत ११ गतेदेखि देशभर ल कडाउन गर्दै कसैलाई पनि घर बाहिर ननिस्किन निर्देशन दिएको थियो ।

डेढ महिनाको अवधिमा को रोना सं क्रमित ८२ जना पुगिसकेका छन् । तर, काठमाडौं उपत्यकासहित धेरैजसो जिल्लामा लकडाउन खुकुलो देखिएको छ ।-अनलाइन खबर

1 Comment

Leave a Reply

Your email address will not be published.